Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

धुलाम्मे बन्दै दुल्लुका सडक

कृष्ण प्रसाद अधिकारी
वैशाख ०२ दुल्लु, दैलेख ।

चैत्र वैशाखको खडेरीमा पिच नभएका कच्ची सडकहरु धुलाम्मे बनेका छन् । ग्राभेल समेत नभएका सडकहरु वर्षातमा हिलाम्मे हुन्छन् भने अन्य समयमा धुलाम्मे । दुल्लु नगरपालिका भित्रका सडकहरुमा यात्रा गर्ने गाडिहरु हुन या सडक छेउमा हिड्ने पैदल यात्रीहरु घुलोका कारण नचिनिने सम्म भएका हुन्छन् । यो धुलोका कारण आम जनमानसको स्वास्थ्यमा असर पर्ने देखिन्छ ।

धुलोका कारण प्रभावित भएको भएका सडकमा हिड्दा मुख छोपेर हिड्नु पर्ने बाध्यता रहेको छ भने सडक छेउछाउमा बिक्री गर्न राखिएका सामान सबै धुलाम्मे बनेका छन । धुलोले गर्दा नास्ता पसलका नास्ता, होटेलका खाना, कपडा पसलका कपडा, इलेक्ट्रोनिक्स पसलका सामान धुलोले नचिनिने भएका छन् । जन मानसको स्वास्थ्यमै असर पर्ने खालको घुलोको कुनै व्यवस्थापन नगरेकोमा नगरपालिकासँग गुनासो समेत गरेका छन् स्थानीय बासिन्दाहरुले ।

दुल्लु नगरपालिकामा पानी नपाउने समस्या रहेको र अर्काे धुलोको समस्या आएपछी स्थानीय नगरबासी मर्कामा परेका छन् । नगरपालिकाका स्थानीय बासि भन्छन् नियमित नगरपालिकाले पानीको व्यवस्था नगरेका कारण यो समस्या आएको स्थानीयको भनाई छ ।
नगरपालिकामा बनाएका सडक निर्माण गर्ने क्रममा १ महिनामा सक्ने काम ३ बर्षमा सक्ने प्रवाधान राखेर कहिलेसम्म नगरबासीलाई मर्काका पारीरहने सडक निमार्ण कार्यको ठेक्का लगेका ठेकादारले सडक बनाउन धैरै ढिला सुस्ती गरेका कारण सडक दुलाम्मे बनेका हुन अव सडक निमार्ण कार्य छिटो गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।