Loading... आजः १५ भाद्र २०८३, सोमबार । Monday 31st August 2026

सञ्चार प्रविधि दिवस प्रभातफेरी

१९ बैशाख, सुर्खेत ।

कम्प्यूटर एसोशिएसन नेपाल महासंघ (क्यान) सुर्खेत शाखाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस प्रभातफेरी गरेर मनाइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारको मंगलगढी चौकबाट शुरु भएको ¥याली वीरेन्द्रचौकमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका उपसचिव भक्तबहादुर कार्कीले प्रदेश सरकार यो प्रदेशलाई डिजिटल प्रदेश बनाउनकालागि गृहकार्य गरिरहेको जानकारी दिंदै प्रदेशका १० जिल्लामा क्यान महासंघको सहकार्यमा कागजी कामलाई कम गर्दै डिजिटल तरिकाले काम गर्ने बताए ।

त्यस्तै मन्त्रालयका अर्का उपसचिव उपेन्द्रकेशर खनालले मानिसको जीवन सूचना प्रविधिको विकाससँंगसँंगै दिनचर्याहरुपनि बदलिदै गइरहेकाले सूचना प्रविधि विना सबै काम असम्भव जस्तै भएको बताए । सभामा क्यान कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले भने, वैशाख १९ का दिन नेपालमा पहिलो पटक कम्प्यूटर भित्रिएको दिन भएकोले यसलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आइएको छ । उनले भने, कर्णाली प्रदेश सरकारको डिजिटल प्रदेश बनाउने कार्यमा सबैजनालाई लागि पर्न आग्रह गरे । क्यान महासंघ सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव तिलक आचार्यले गर्नुभएको थियो ।