Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइयो

सुर्खेत
‘सबै प्रकारका जातिय भेदभाव र छुवाछुतको समूल अन्त्य गरौँ ! सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्न एक जुट होऔँ’ भन्ने मूल नाराकासाथ जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०७५ बराहताल गाउँपालिकामा ¥याली निकालिएको छ ।


साझा आवाज परियोजनाको आयोजना तथा गाउँपालिका र किडार्क नेपालको समन्वयमा वडा नं ५ को वड्डीचौरमा ¥याली निकालिएको हो । ¥यालीपछि कोणसभामा बोल्दै गाउँपालिका अध्यक्ष तेजबहादुर वस्नेतले गाउपालिकामा जातिय भेदभाव न्यूनीकरण हुने खालका नीति तथा कार्यक्रम निर्माण गर्ने बताएका छन् ।

उनले जातिय भेदभाव तथा छुवाछुत ऐन अक्षरश पालना गराउने समेत प्रतिबद्धता समेत जनाएका छन् । उपाध्यक्ष शोभाकुमारी शर्माले देश जातिय भेदभाव मुक्त घोषणा भैसकेकाले अब व्यबहारमा पनि अन्त्य गर्नुपर्ने बताईन । कार्यक्रम नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतका सदस्य शशिराम सुनारको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसैबीच जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा यूरोपियन यूनियनको सहयोग तथा फिन चर्च एड, मिडिया एड्भोकेसी ग्रुप र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले संयुक्त रूपमा सञ्चालन गरिरहेको साझा आवाज परियोजनाको आयोजनामा जाजरकोटको शिवालय गाउँपालिका र कालिकोटको नरहरीनाथ गाउँपालिकामा पनि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।