वक्तृत्वकला प्रतियोगीता सम्पन्न
सुर्खेत
सुवर्ण स्मृति प्रतिष्ठान वीरेन्द्रनगर सुर्खेतले माध्यमिक विद्यालय तथा आधारभूत विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ । चौथो स्मृति दिवसमा आयोजना गरिएको उक्त वक्तृत्वकला प्रतियोगीतामा माविस्तरमा दिपा चालिसे प्रथम, टीका चालिसे द्वितीय, पूजा खनाल तृतीय र कमल रावतले सान्त्वना स्थान प्राप्त गरेका थिए । यसैगरी आधारभूत विद्यालयस्तरमा सिर्जना विक प्रथम, लक्किमा राना द्वितीय, जेनिसा रावत तृतीय र नन्दा रेग्मीले सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रा.डा. केवी आचार्य, जागेश्वर नेपाल र टीका प्रसाद पोख्रेलले निर्णायकको भूमिका निर्वाह गरेको उक्त कार्यक्रममा सुवर्ण स्मृति प्रतिष्ठानका सल्लाहकार एवम् उपप्राध्यापक माधव प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम संस्थापक अध्यक्ष तथा संरक्षक लछिराम खड्काको सभापतित्वमा भएको थियो ।

यसैगरी स्मृति प्रतिष्ठानले आफ्नो दोस्रो वार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ । साधारण सभामासचिव टीकाप्रसाद पोख्रेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बासुदेव शर्मा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक शिवप्रसाद पोख्रेल, भैरव माविका प्रअ भक्त बहादुर जिसी, लोकेन्द्र बहादुर थापा र बासुदेव शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।







