भन्सारमा सशस्त्र प्रहरीले खाने घुस कहॉ-कहॉ पुग्छ ?
नेपालगन्ज २१ साउन ।
भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी बलले गर्ने भ्रष्टाचारको रकम कहॉ-कहॉ पुग्ने गरेको कुरा रक्सीले मात्तिएका एक प्रहरी निरिक्षकले गर्भको रहस्य खोल्ने प्रयास गरेका छन् । नेपालगन्ज भन्सार कार्यालयमा कार्यरत सशस्त्र प्रहरी निरिक्षक टिकाराम गोसाईले आइतबार सॉझको ८ बजे रक्सीले मात्तिएको अवस्थामा भन्सार कार्यालयको चेकजॉचमा असुली गरेको रकम माथिल्लो निकायसम्म पुग्ने गरेको गर्भको रहस्य छर्लङ पार्ने कोशिश गर्दै संकेत दिएका छन । सशस्त्र प्रहरी निरिक्षक गोसाईले भने-“म जवानमा भर्ना भई इन्सपेक्टर आलु र घइया छिलेर भएको होइन ।” उनले आफ्नो कमाण्डरको सामुन्ने पत्रकारलाई भने-“तपाईले भन्सार किन टाइट गर्न लगाउनु भएको छ । तपाईहरूले टाइट गरे हामीले के खाने अनि माथि के दिने ? तपाईहरूले छिटो भन्सारमा हामीले खान पाउने वातावरण बनाउनु पर्यो “ भन्दै रक्सीको तालमा अभद्र व्यवहार समेत दखाए । उनी सधै सॉझ रक्सीमा मात्तिने गरेको भन्सारका एक कर्मचारीले समेत भने । उनका अनुसार सशस्त्र प्रहरीमा जवान दर्जामा भर्ना भएका थिए भने इन्सपेक्टरसम्म पुग्दा हवलदारपुर हाईवेमा ३ कठ्ठामा उनले पक्की घर बनाएका छन । उनको आम्दानीको स्रोत अन्य केही नभएको बताइएको छ ।
उनले पाउने मासिक तलबबाट दैनिक रक्सी खानु पनि पुग्दैन तर पनि दैनिक रूपमा रक्सी पिउने उनको बानी नै भईसकेको छ । अनि उनले परिवारलाई कसरी घरखर्च कसरी पठाउँछन ? गर्भको रहस्य बनेको छ । उनी जवान हुँदाको सम्पत्ति र अहिले जम्मा गरेको सम्पत्तिमा अनुसन्धान गर्न जरूरी रहेको जानकारहरूको भनाई रहेको छ । उनले भनेको शब्दमा घुस खाएको पैसा माथिल्लो निकाय को-को लाई पठाउँछन ? सुक्ष्म अनुसन्धानको बिषय बन्न पुगेको छ । रक्सीको झोंकमा मनभित्र दबाएर राखेका कुरा त बाहिर निकाले । तर अब उनलाई बचाव गर्ने माथिल्लो निकायका को-को अफिसर अगाडी बढ्छन त्यो भने हेर्न बॉकी नै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नीतिलाई अँगाल्दै अगाडी बढेका सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल भ्रष्टचारी कर्मचारीलाई सुक्ष्म छानबिन गरी कारवाही अगाडी बढाउँछन की मौन रहेर तमासा हेर्छन त्यो भने समयले बताउने छ ।






