प्रहरीको अनुशिक्षण तालिम सम्पन्न
सुर्खेत
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको अनुशिक्षण तालिम शुक्रबार सम्पन्न भएको छ । ५ प्रहरी र २६ प्रहरी जवान गरी ३१ जनाको सहभागीता रहेको तालिम समापन कार्यक्रममा सुर्खेत प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरैले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै तालिमको समापन गरेका थिए । यस तालिमले अपराध अनुसन्धानको क्षेत्रमा अझैँ थप प्रगति गर्नमा प्रहरीलाई सहयोग मिल्ने बताउँदै प्रभाकारी रुपमाले अनुसन्धान गर्न दक्ष जनशक्तिको विकास गर्ने कुरामा आफू विस्वस्त रहेको प्रहरी उपरीक्षक रजौरेले बताए । उनले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतारी प्रहरीको कर्तव्य र सर्वसाधारणले पाउने सेवाका बारेमा ध्यान दिई लाग्न निर्देशन समेत दिए । यही भाद्र गतेदेखि शुरु भएको तालिम जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नै तालिम भवनमा संचालन गरेको थियो ।






