वडा स्तरीय तीज गीत प्रतियोगीता सम्पन्न
कृष्ण प्रसाद अधिकारी
भाद्र २४ दुल्लु दैलेख ।
दुल्लु नगरपालिका वडा न ४ स्थित शान्ति बजारमा रहेको शान्ति श्रृजना आधारभुत विद्यालयमा शनिबार महिला हिंसा र पुर्ण सरसफाई सम्बन्धि तीज गित प्रतियोगीता सम्पन्न भएको छ ।

दुल्लु नगरपालिका वडा न ४ वडा स्तरीय महिला सञ्जालको आयोजना, दुल्लु नगरपालिका वडा न.४ को आर्थिक सहयोग र आवाज सस्थाको सहजिकरणमा भएको प्रतियोगीतामा दुल्लु नगरपालिका वडा न.४ का वडाअध्यक्ष भरत प्रसाद उपाध्यायले महिला हिंसा अन्त्यको लागी सबैले आ–आफ्नो तर्फबाट लाग्नु पर्ने र यसको सम्भाव भएको बताउनु भयो ।
कानूनमा भएका कुरा कार्यान्वयन गर्नको लागी कानुन हामीलाई खोज्दै नआउने हुदा कानूनमा के छ । भन्ने कुरा आफैले खोज्नु पर्नेमा उहाँले जोड दिनु भएको थियो ।
यसैगरी दुल्लु नगरपालिका वडा न. ३ का वडा अध्यक्ष कलम बहादुर खनालले महिलाहरुमा भएको तथा हुने गरेका अनेकौ हिसां नलुकाई देखाउनु पर्ने बताउँदै महिला हिसां बिरुद्ध तथा सरसफाई सम्बन्धि आफुले सकदो सहयोग गर्ने कुरा बताउनु भयो ।
प्रतियोगीतामा हरियाली आमा समुह प्रथम, देउती बालसुलभ केन्द्र द्वितिय , देउती आमा समुह तृतीय , टिमुर गाउँ आमा समुह र लालिगुराँस आमा समुह सान्त्वना भएका थिए ।
यस्तै कार्यक्रममा अन्य सहभागी पिपल चाँखा आमा समुह, जना चेतना आमा समुह, पन्चदेवल आमा समुह, तल्लो टोल आमा समुह र देउती विकास आमा समुह सबैलाइ पुरस्कार तथा प्रमाण पत्र प्रदान गरीएको थियो ।






