Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

राप्रविसंघको ध्यानाकर्षण

सुर्खेत ।

सवारी साधनमा भएको १० प्रतिशत भाडा बृद्धिमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष रोसन बि.सी. द्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरी संगठनले ध्यानाकर्षण भएको जनाएको हो ।

मंगलबार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुर्खेतले जिल्ला कार्य समितिको बैठकले सवारी साधनमा यात्रुहरुलाई १० प्रतिशत भाडा बढाएको सम्बन्धमा छलफल विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ ‘ चाडपर्वको मुखैमा सरकारले सवारी साधनमा भाडा बढाएको हुँदा तत्कालै बढेका मुल्य बृद्धि फिर्ता लिई पुरानै मुल्य कायम गर्नका साथै जनतालाई कुनै मर्का नपार्न र जनताको दैनिक दिन चर्या सहज बनाउन राप्रविस सरकार र सरोकारवाला निकायहरुको ध्यानकार्षण गर्दछ ।’