Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

अपराध नियन्त्रणका लागि प्रहरी गस्ती साईकलमा

सुर्खेत
अपराध नियन्त्रणका लागी प्रहरीले साईकल गस्ती सुरु गरिएको छ । नजिकिदै गरेको चार्डपर्व संगै हुने अपराधिक गतिविधिलाई लक्षित गरि प्रहरीलाई अपराध नियन्त्रणका लागि साईकलमा गस्ती सुरु गरेको हो ।

साईकलमा गस्ती गर्दै प्रहरी

भौगोलिक विकटताका कारण प्रत्येक बस्तीमा मोटर साइकल, गाडी नजाने भएकाले प्रहरीलाई शान्ति सुरक्षामा सहज होस भन्ने उद्देश्यले ५० हजार बराबर लागतमा साइकल खरिद गरिएको पन्चुपुरी नगरपालिका नगरप्रमुख उपेन्द्र थापाले बताए ।

उनले भने आउदै गरेको दशै तिहार, छठ जस्ता चाडपर्वहरु नजिकिएसँगै हुने अपराधिक गतिविधि लक्षित गरि इलाका प्रहरी कार्यालय बाबियाचौरले बस्ती–बस्तीमा साइकल गस्ती अभियान सुरु गरिएको हो । ईलाका प्रहरी कार्यालय बाबियाचौरले अपराधिक घटना, लागूऔषध, घरेलु मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम तथा जनचेतनामूलक कार्यक्रम गर्न बस्ती(बस्तीमा पुग्न साइकल गस्ती सुरु गरेको हो । पञ्चपुरी नगरपालिकाले ईलाका प्रहरी कार्यालयका लागि प्रदान गरेका ५ वटा साइकलमार्फत हरेक दिन साइकलमा गस्ती गरिने नगर प्रमुख थापाले जानकारी दिए ।

यसै गरी ईलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज (प्रहरी निरीक्षक) सुशोभन श्रेष्ठका अनुसार गाडी नपुग्ने बस्तिहरुमा पनि पुग्न सकिने भएकाले साइकल अभियानको सुरुवात गर्न थालिएको हो । सिमित जनशक्ति र स्रोतसाधनकाबीच पनि शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बस्ती(बस्तीमा प्रहरी पुग्ने उनले जानकारी दिए । बस्तिमा पुगेर प्रहरीले शान्ति सुरक्षामा भएका चुनौती र समस्याको पहिचान गर्न मदत पुग्ने अपेक्षा राखेको प्रहरीलराखेको छ ।

टोल–टोलमा प्रहरी अभियान अन्तरगत साइकल अभियान सुरुगरिएको हो । प्रहरीको गस्ती टोलीले गुण्डागर्दीमा संलग्न व्यक्तिमाथि निगरानी, त्यहाँ भएका झैंझगडा लगायतमा निगरानी गर्नुका साथै जनचेतनामूलक कामहरू पनि गर्दै आएको छ ।

‘प्रहरी मेरो साथि र टोल टोलमा प्रहरी अन्तर्गत पश्चिममा थुप्रै जनचेतनाका कार्यक्रमहरु गर्दै आएका छौं’ प्रहरी निरीक्षक श्रेष्ठले भने,‘भौगोलिक विकटता र साधन स्रोतको अभावका कारण समयमा प्रहरी पुग्न चुनौती भएको जानकारी पनि दिए ’।

पश्चिम सुर्खेतको चौकुने, पञ्चपुरी र बराहतालको शान्ति सूरक्षा हेर्दै आएको प्रहरी चौकीका लागि एउटा भेन मात्रै उपलव्ध छ । त्यही पनि पटक–पटक विग्रिने गरेको छ । जसकारण समयमा प्रहरीलाई घटनास्थल पुग्न निकै चुनौती हुने गरेको उनले जानकारी दिए ।