दलित तथा सिमान्तकृत समुदायको उत्थानका लागि सुर्खेत घोषणा पत्र जारी (घोषणा पत्रसहित)
सुर्खेत
दलित तथा सिमान्तकृत समुदायको आर्थिक तथा सामाजिक अवस्थाको विबेचना सम्बन्धी कर्णाली प्रदेश स्तरीय दुई दिने कार्यशाला गोष्ठी १७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । गोष्ठीको समापन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य दानसिंह परियारले दलित अब जातीय छुवाछुतको आन्दोलनमा भन्दा पनि शैक्षिक, आर्थिक, जनचेतनामुलक आन्दोलनमा लाग्ने बेला भएको बताउनु भयो । शैक्षिक तथा आर्थिक रुपमा उन्नती गर्न सकेको खण्डमा दलितहरु हेपिन र चेपिनबाट मुक्त पाउने यहाँको भनाई थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवम् कर्णाली प्रदेश सभा सदस्य राजु नेपालीले समावेशीताका आधारमा संसद र समाज दुबै ठाउँमा आवाजहरु उठाउनु पर्ने भएकोले जातीय मुक्ति आन्दोलनका अगुवाहरु एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो । दलितलाई हेर्ने दृष्टिकोणमा गैरदलितहरुले पनि परिवर्तन गर्न आवश्यक भएकोले सबैको साथ र सहयोगले जातीय तथा लैङ्गिक आन्दोलन सफल हुने बताउनु भयो । दलितले दलितलाई गर्ने व्यवहारले गर्दा पनि समाजमा जातीय विभेदले जरा गाडेको उहाँको भनाई थियो ।
उक्त गोठीले घोषणा गरेको घोणषा पत्र जस्ताको त्यस्तै :









