Loading... आजः २० बैशाख २०८३, आईतवार । Sunday 3rd May 2026
ताजा खबर
  

इन्स्योरेन्सले भविष्य सुनिश्चित गर्छ : खड्का

सुर्खेत

२६ असोज ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सानिमा लाइफ इन्स्योरेन्सको सुर्खेत शाखा उद्घाटन गरिएको छ । कार्यालयको विधिवत उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य पदमा खड्काले इन्स्योरेन्सले भविष्य सुनिश्चित गर्ने बताउनु भएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सदस्य खड्काले भन्नुभयो, इन्स्योरेन्स भनेको आफू मरेपछि पैसा पाउने हो भन्ने जुन भ्रम छ त्यो भ्रमलाई हटाउन आवश्यक छ । इन्स्योरेन्स भनेको आफू जिउँदै हुँदा पनि भविश्यलाई सुनिश्चित गर्ने संस्था भएको उहाँको भनाई थियो । उहाँले थप्नुभयो, हो, भवितव्य भएको खण्डमा आफू नरहेपनि आफ्नो परिवार तथा बालबच्चाहरुको जीउने आधार पनि हुन्छ । त्यसैले हरेक व्यक्तिले जीवन विमा गर्नु भनेको आफू र आफनो भविष्यसँगै आफ्ना परिवारको भविष्यलाई सुनिश्चित गर्नु हो ।

सानिमा लाइफ इन्स्योरेन्सको २४ औं शाखाको रुपमा सुर्खेतमा (आज) शुक्रबार उद्घाटन गरिएको हो । यस भन्दा अगाडि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले इटहरी, विर्तामोड, विराटनगर, लहान, जनकपुर, विरगञ्ज, हेटौडा, नारायणघाट, धनगढी, महेनद्रनगर, नेपालगञ्ज, दाङ, टीकापुर, डडेलधुरालगायत २३ ठाउँमा यो भन्दा अगाडि शाखाकोा स्थापना गरिसकेको छ ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाईले बिमा कम्पनीहरु सबै एकै भएपनि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले संचालन गरेका योजनाहरु भने फरक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, हामीले नारा नै निश्चित भवः को ल्याएका छौ । सानिमा बाल सौगात, सानिमा धनपति, सानिमा दिर्घायु, सानिमा सरल, सानिमा म्यादी, सानिमा एकल भुक्तानी लगायतका योजनाहरु रहेको बताउनु भयो । बिमा गर्दादेखि विमाको भुक्तानी लिने बेलासम्म सानिमा लाइफले सहज वातावरणको सिर्जना गर्ने भएकोले पनि अधिकांश अभिकर्तादेखि बिमितसम्मले सानिमा लाइफलाई मन पराएको उहाँको भनाई थियो ।

शुभकामना मन्तव्यका क्रममा सानिमा लाइफ नेपाल शाखाका प्रबन्धक मेगराज विकले बाँके जिल्लामा मात्र नभई प्रदेश ५ मै सानिमा लाइफले अन्य कम्पनी भन्दा उत्कृष्ट बिमाङ्क संकलन गर्न सक्नु नै यसको सफलता भएको बताउनु भयो । शुभकामना मन्तव्य दिँदै सानिमा बैंक सुर्खेत शाखाका प्रबन्धक लोकमणी थापाले सानिमा लाइफ इन्स्योरेन्सले स्थापनाको छोटो अवधिमा जुन कार्य गरेको छ त्यसले देशको अर्थतन्त्रमा समेत टेवा पुगेको बताउनु भयो । यसैगरी माछापुच्छे् बैंक लि. सुर्खेत शाखाका प्रबन्धक सन्तोष केसीले बित्तिय संस्थाहरुले गरेका कार्यहरुले देशको आर्थिक विकासमा सहयोग गरिरहेका छन् भने बिमा कम्पनीहरुले पनि त्यसमा एउटा इँटा थप्ने कार्य गरिरहेको बताउनु भयो । जसमा पछिल्लो समयमा नयाँ नयाँ योजनाहरुका साथमा आएको सानिमा लाइफ सर्वलोकप्रिय बन्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । शाखा उद्घाटनको क्रममा सानिमा लाइफ इन्स्योरेन्सका अभिकर्ता तथा कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा सानिमा लाइफका अभिकर्ताहरु, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा सुर्खेत शाखाका प्रबन्धक निराजन शर्माले शब्द स्वागत गर्नुभएको थियो ।