Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

रारा राष्ट्रिय नाटक महोत्सवले सुर्खेतमा नाट्य माहौल बनाउँदै

सुर्खेत, कात्तिक ११

रारा राष्ट्रिय नाटक महोत्सव २०७५ कर्णालीको राजधानी सुर्खेतमा हुने भएपछि यहाँको माहौल नाटकमय भएको छ । महोत्सवको तयारीको लागि मूल आयोजक समिति र सचिवालयले कार्यालय स्थापना गरी काम समेत शुरु गरेको छ ।


साँस्कृतिक संस्थान काठमाडौंको आयोजना र आरंग नेपाल सुर्खेतको स्थानीय व्यवस्थापनमा आगामी मंशीर ६ देखि १० गते सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुन गइरहेको नाटक महोत्सवका लागि कार्यालय स्थापना गरि काम शुरु गरिएको हो ।

यस अघि साँस्कृतिक संस्थानले सार्वजनिक सूचना जारी गरि महोत्सवमा सहभागि हुन चाहने नाटकका लागि शर्तहरु तोकी आवेदन माग गरिसकेको छ । सँस्थानले महोत्सव अवधिभर गर्ने गतिविधीका लागि मूल आयोजक समितिको कार्यालय र सचिवालय स्थापना गरिएको मूल आयोजक समितिका संयोजक एवं बरिष्ठ रंगकर्मी गणेशभक्त गौतमले जानकारी दिए । मूल आयोजक समितिको कार्यालय इत्राम स्थित आरंग नेपालमा र सचिवालय बजार स्थित कर्णाल कला प्रतिष्ठानमा खोलिएको छ । ‘हामीले यहाँवाट गर्ने तयारीहरु सक्रियता पूर्वक गरिरहेका छौं’ उनले भने, ‘सँस्थानले केन्द्रिय तहवाट गर्ने र हामीले स्थानीय तहवाट गर्ने जिम्मेवारीको छिनोफानो भइसकेर काम शुरु भइसक्यो ।’

संयोजक गौतमका अनुसार महोत्सवमा प्रत्यक प्रदेशवाट २ वटाका दरले १४ र आयोजकको तर्पmवाट १ सहित १५ वटा नाटक पर्दशन गरिनेछ । सँस्थानले महोत्सवका लागि स्थानीय व्यवस्थापनको सवै जिम्मा आरंग नेपाललाई दिएको छ भने सह–आयोजक र मूल आयोजक समिति सदस्यका रुपमा सुर्खेत तथा कर्णाली प्रदेशका सवै कला संस्कृती संग सम्वन्धित संस्थाहरुलाई समावेश गरिएको छ ।