Loading... आजः १६ भाद्र २०८३, मंगलवार । Tuesday 1st September 2026

प्रहरी जवान पौडेल पुरस्कृत

सुर्खेत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान मोहन पौडेललाई पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई ‘लागुऔषध नियन्त्रण पुरस्कार’ प्रदान गरेको हो ।
शनिबार एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरी उपरिक्षक बसन्त रजौरेले असोज महिनामा सुर्खेतमा लागु औषध दुव्र्यशनी नियन्त्रण सम्बन्धमा लागु औषधको बरामतका साथै सेवन, बिक्रिबितरण तथा ओसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ गरि लागु औषध दुव्र्यशनीमा उत्कृष्ट कार्य गरे वाफत प्रहरी जवान पौडेललाई सो पुरस्कारले सम्मान गरेका हुन् ।

Image may contain: 8 people, people standing
लागु औषध दुव्र्यशन नियन्त्रण गर्न खटिने प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रत्येक महिना लागुऔषध सम्वन्धमा सवोत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरीलाई पुरस्कार तथा सम्मान गर्ने गरेको प्रहरी उपरिक्षक रजौरेले जानकारी दिए ।
यसैगरी कार्यक्रममा समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न अहम भुमिका निर्वाह गरेवाफत प्रहरी चौकी आग्रीगाउँका प्रमुख प्रहरी सहायक निरिक्षक गोबिन्द बि.क. र अस्थायी प्रहरी बिट जहरेका प्रमुख प्रहरी हवलदार झलक बहादुर बुढालाई असोज महिनाको सर्बोत्कृष्ट ‘जनचेतनामुलक कार्यक्रम’ बाट पुरस्कृत गरिएको छ ।