Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

अखिल छैठौले तोक्यो प्रदेश जिम्मेवारी : कर्णालीमा रेग्मी

काठमाडौँ

अखिल (छैठौं) केन्द्रीय समितिको बैठक २०७५ कार्तिक १४ र १५ गते भरतपुर, चितवनमा सम्पन्न भएको बैठकले देशका सातै प्रदेशमा जिम्मेवारी बाँडफाँड गरेको छ । एक विज्ञप्ति प्रकाशित गरी बैठकका निर्णयहरु सार्वजनिक गरिएको हो ।

Image may contain: Hasta Regmi, smiling, closeup

प्रेम विज्ञप्तिको पूर्ण पाठ :

१. अखिल (छैठौं)को २१औं राष्ट्रिय सम्मेलन २०७५ असोज २६, २७ र २८ गते झापाको विर्तामोडमा भव्य एवं सानदार रुपमा सम्पन्न भएको समीक्षा भयो ।

२. देशमा लागु गरिएको संघीयताले झन् पछि झन् जटिलता निम्त्याउँदै गइरहेको छ । विकासका कार्यहरु अगाडि बढ्न सकेका छैनन् भने संघीयताको खर्च धान्नको लागि व्यापक मात्रामा कर बढाइएको छ । संघीयता खारेजी देशको राष्ट्रिय आवश्यकता बनेको छ । सम्पूर्ण देशभक्त नेपालीलाई संघीयता खारेजीको आन्दोलनमा ऐक्यबद्ध हुन आह्वान गर्दछौं । २०७५ मंसिर १५ गतेदेखि पुस १५ गतेसम्म जिल्ला सदरमुकामहरुमा ‘संघीयताविरुद्ध विद्यार्थी मार्च’ सञ्चालन गर्ने निर्णय भएको । १ नम्बर प्रदेशका पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटामा उपाध्यक्ष देवेन्द्र कुँवरको नेतृत्वमा, ३ नम्बर प्रदेशका नुवाकोट, धादिङ, रसुवा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर र दोलखामा सचिव सुवास जीसीको नेतृत्वमा, गण्डकी प्रदेशका म्याग्दी, पर्वत, स्याङ्जा, गोरखा, लमजुङ र तनहुँमा उपाध्यक्ष गणेश अधिकारीको नेतृत्वमा, कर्णाली प्रदेशका सल्यान, दैलेख, पश्चिम रुकुम, जाजरकोट, कालीकोट, जुम्लामा कोषाध्यक्ष हस्तराज रेग्मीको नेतृत्वमा र सुदुरपश्चिम प्रदेशका दार्चुला, बैतडी, बझाङ, अछाम, डोटी, डडेलधुरा र बाजुरामा महासचिव महेशराज जोशीको नेतृत्वमा विद्यार्थी मार्चहरु सम्पन्न हुनेछन् । विद्यार्थी मार्च तयारी सन्दर्भमा क्याम्पस, गाउँ तथा नगर भेला, सडक नाटक, सांस्कृतिक कार्यक्रम, पर्चा वितरण, पोस्टरिङ, माइकिङलगायतका प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गरिनेछ । संघीयता विरुद्ध विद्यार्थी मार्चमा सहभागी हुन, सहयोग गर्न सम्पूर्ण जनसमुदायमा अपील गर्दछौं ।

३. अन्धविश्वास, दाइजोप्रथा, बोक्सीजस्ता हिंसाका घटनाले तराई आक्रान्त बनेको छ । २ नम्बर प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा मंसिर १५ देखि पुस १५ सम्म युनियनका अध्यक्ष विमल पोखरेलको नेतृत्वमा ‘छोरी पढाऔं, दाइजो हटाऔं’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । उक्त अभियानमा ‘सडक नाटक’ प्रदर्शन गरिनेछ । अभियानमा सहभागी हुन, सहयोग गर्न २ नम्बर प्रदेशका सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र आम जनसमुदायमा हार्दिक अपील गर्दछौं ।

४. शिक्षाक्षेत्रमा बेथिति, भ्रष्टाचार, निजीकरण र माफियाकरण मौलाएको छ । स्थानीय तहले माध्यमिक तहसम्मको जिम्मेवारी दिइए पनि त्यसले झन् कमजोर भइरहेको छ । शिक्षामा भइरहेका बेथितिको अन्त्यका लागि एकल तथा संयुक्त अन्तरक्रिया तथा संघर्षलाई अगाडि बढाउने निर्णय भएको छ ।
५. बैठकले प्रदेश इन्चार्जसम्बन्धी निम्न निर्णय गरेको छ । प्रदेश नम्बर १ : देवेन्द्र कुँवर, प्रदेश नम्बर २ : गोपाल भट्टराई, प्रदेश नम्बर ३ः सुवास जीसी, गण्डकी प्रदेश : गणेश अधिकारी, प्रदेश नम्बर ५ : महेशराज जोशी, कर्णाली प्रदेश : हस्तराज रेग्मी, सुदुरपश्चिम प्रदेश : ७ उमेश कँडेल । त्यसको साथै विभिन्न जिल्लाका इन्चार्जसम्बन्धी निर्णय भएको छ ।

६. संगठनका विभिन्न केन्द्रीय विभागहरु गठन गरिएको छ । प्रशिक्षण विभाग प्रमुख : विमल पोखरेल, अनुशासन विभाग प्रमुख : देवेन्द्र कुँवर, संगठन विभाग प्रमुख : महेशराज जोशी, आर्थिक विभाग प्रमुख : हस्तराज रेग्मी, सांस्कृतिक तथा खेलकुद विभाग प्रमुख : सुवास जीसी, प्रकाशन विभाग प्रमुख निश्चल क्षेत्री, महिला विभाग प्रमुख : सिर्जना जीसी, प्राविधिक विभाग प्रमुख : सुदीप पौडेल रहनुभएको छ ।
७. संगठनका विधान, सदस्यता, सहयोद्धा प्रकाशन गर्ने र संगठनको वेबसाइटलाई व्यवस्थित गर्ने निर्णय गरिएको छ ।

………….
विमल पोखरेल
अध्यक्ष