Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

आज कुकुर तिहार

सुर्खेत २० कार्तिक |
हिजो सोमबारदेखि सुरु भएको यस वर्षको यमपञ्चकको दिनमा कागको पूजा गरेर मनाइएको थियो भने आज तिहारको दोस्रो दिन, कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । पछिल्लो समयमा निकै गहन अध्ययनहरुमा तथा सुरक्षा निकायहरुमा समेत कुकुरको प्रयोग हुँदै आइरहेको छ । मान्छेले अनुसन्धान गरेर पत्ता लगाउन नसकेका ठूला घटनाहरु समेत कुकुरले पत्ता लगाउने गरेका छन् ।


बैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको संख्यासमेत बढ्न थालेको छ ।