Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

जग्गा पल्टीङले कृषि क्षेत्र नै कुरुप

कार्तिक २९, सुर्खेत

सुर्खेत उपत्यका भित्र कृषि योग्य जग्गा पल्टीङले कृषि गर्ने किसान लाई कुरुप बनाएको कृषक हरुले बताएका छन । कृषि गर्नका लागी प्रर्याप्त मात्रमा जग्गा आबश्यक पर्ने भएकाले किसानले खेति गर्ने जमीन प्रर्याप्त मात्रमा नहुदा कृषि क्षेत्रनै प्रभावित भएको साना किसान कृषि सहकारी संस्था लीमिटेड वीरेन्द्रनगर ९ सुर्खेतका अध्यक्ष नरेन्द्रनाथ योगीले बताए ।

उनले सामुदायिक बनले बाख्रा पालन किसानलाई समस्या भएको उल्लेख गरे । सामुदायिक बनमा घाँस र चरन क्षेत्रमा प्रबेश निषेधले झनै समस्या भएको बताए । विहीबार संस्थाको कार्यालयमा साना किसान तरकारी उत्पादन तथा पुर्वाधार विकास कार्यक्रमको प्रथम सार्वजनीक सुनुवाई कार्यक्रममा यस्तो बताएका हुन ।

साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना नेपालगंजको आर्थिक सहयोगमा संञ्चालीत उप– आयोजनाको लागी कृषि ब्यबसाय अनुदान १८ लाख ५५हजार १सय १६ रुपैया र सहकारी संस्थाको २१ लाख ५१ हजार ३सय ८८रुपैयाँ गरी जम्मा ४० लाख ६ हजार ५सय ५६ रुपैयाँमा उप–आयोजना संचालन हुने भएको छ । स्थानीय रुपमा मौसमी तथा बेमौशमी तरकारी उत्पादन गरी आयात प्रतिस्थापन तथा निर्यात प्रर्बद्धनमा टेवा पु¥याने उप–आयोजनाको मुख्य उदेश्य रहेको छ । सुर्खेत लगायत वरपरका तरकारी उत्पादक कृषकहरुको २० प्रतिशत आम्दानी हुने र स्थानीय स्रोत साधनको अधिकतम परीचालन गरी रोजगार तथा स्वरोजगार सृजना गर्ने आयोजनाको लक्ष्य रहेको आयोजनाका प्रतिनिधि गोपाल विकले बताए ।
कृषकले उत्पादन गर्ने तरकारीले कर्णाली प्रदेश सरकारको अर्गानी प्रदेश बनाउने एजेन्डा लाई समेत उप आयोजनाले टेवा पु¥याउने वीरेन्द्रनगर नगरपालीका वडानम्बर ९ का अध्यक्ष सुरेस मानन्धरले बताए ।

उनले उप–आयोजना संञ्चालनमा वडा कार्यालयले गर्नु पर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिब्द्धता ब्यक्त गरे ।
सार्वजनीक सुुनुवाई कार्यक्रममा आयोजना र सहकारी संस्थाले गर्ने लगानीका बारेमा किसानलाई जानकारी गराईएको छ । कार्यक्र संस्थाका अध्यक्ष नरेन्द्रनाथ योगीको सभापतित्वमा सम्पन्न भएको थियो ।