Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

भरुवा बन्दुकसहित पुलामी पक्राउ

सुर्खेत ४ मंसिर ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भरुवा बन्दुक सहित कुलबहादुर पुलामी पक्राउ परेका छन् ।
सुर्खेत बराहताल गाँउपालिका वडा नं. ५ का ४२ वर्षिय पुलामीलाई बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।


सुर्खेत बड्डिचौरबाट गस्तीमा खटेको प्रहरी टोलीले पुलामीको घरदेखि अन्दाजी २४ मिटरको दुरीमा लुकाईराखेको अवस्थामा भरुवा बन्दुक र बारुद फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

पुलामीलाई हतियार खरखजाना मुद्धामा म्याद थप गरि थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । अनुसन्धान पूर्ण भइसकेपछि उनलाई कानून बमोजिम कारवाही हुने बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यस्ता अवैध हात हतियार नराख्न सबै नागरिकहरुलाई अनुरोध गरेको छ ।