Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

स्थानीय तहमा सक्रिय भूमिका खेल्दै कारितास

कृष्ण प्रसाद अधिकारी
दैलेख ५ मंसिर ।

स्थानीय तहमा हुने गरेका बाल शोषण, महिला हिंसा लगायतका समस्या हुन नदिन कारितास नेपालले अहम् भुमिका खेल्दै आएको छ ।


कारितास नेपाल स्थानीय तहमा सक्रिय हुँदै गएकोले महिला तथा बालबालिकाका क्षेत्रमा हुने गरेका हिंसामा कमी आउने विश्वास व्यक्त गरिएको छ । यसैगरी अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा “बालमैत्रि स्थानीय शासनमा स्थानीय निकायको भूमिका” बिषयक बक्तृत्वकला कार्यक्रम समेत भएको छ । भने सो कार्यक्रममा पनि अबका दिनमा महिला तथा बालबालिका माथि हुने हिंसामा कमी आउने विश्वास रहेको सहभागीहरुले बताएका छन् ।

बिहीबार अष्टेलियन एण्ड कारितास अष्टेलिया र एकता फाउण्डेशन नेपालको आर्थिक सहयोग तथा प्रगतिशील बाल क्लबको आयोजनामा भगवती मावि कट्टीको थुवामा अन्तर आधारभुत विद्यालय स्तरीय “बालमैत्रि स्थानीय शासनमा स्थानीय निकायको भूमिका” बिषयक बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा सरस्वती आधारभुत विद्यालय कट्टी प्रथम, नेरा पिपल आधारभुत विद्यालय द्वितिय, भगवती मावि तृतीय र भगवति मावि नै सान्त्वना भएका छन् ।

दैलेख जिल्लाको भगवतिमाइ गाउँपालिका वडा नं ५ र ६ मा लागु भएको यो कार्यक्रमले गाउँका बाल क्लव सक्रिय पार्दै आफ्नो कार्यक्रम अगाडी बढाएको कारितास नेपाल दैलेखका कार्यक्रम अधिकृत जनक प्रसाद अधिकारीले बताए ।