Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

रुकुम(पूर्व) पर्यटन महोत्सव मङ्सिर २३ गते

रुकुम(पूर्व), ०७ मङ्सिर

प्रथम रुकुमपूर्व पर्यटन साँस्कृतिक महोत्सव यही मङ्सिर २३ गते हुनेभएको छ । ‘पर्यटन, संस्कृति, जडिबुटी, उद्योग र व्यापार : रुकुमपूर्वको समृद्धिका मूल आधार’ भन्ने नारासहित देशको ७७ औंँ तथा कान्छो जिल्लामा पहिलो पटक महोत्सव हुन लागेको हो ।

यसअघि मङ्सिर २० गतेदेखि महोत्सव हुने भनिएको थियो । महोत्सव मूल आयोजक समिति, रुकुमपूर्व चेम्बर अफ कमर्शका अध्यक्ष दिलिप थापाले पर्यटकीय क्षेत्रको प्रवद्र्धन र साँस्कृतिक सम्पदाको प्रचारप्रसार गरी पर्यटक भित्र्याएर त्यसकै माध्यमबाट जिल्लाको विकासमा टेवा पु¥याउने लक्ष्य राखेर आगामी पुस ३ गतेसम्म महोत्सव आयोजना गरिएको बताउनुभयो ।

महोत्सवमा जिल्लाको पहिचान खुल्ने वस्तु कम्बल, जिल्लाको पूर्वी क्षेत्रको मुख्य खाना ढिंडो, टिमुरको अचार, आलु, गुन्द्रुक, सिन्की, हस्तनिर्मित सामग्री राखिनेछ । मध्यपहाडी लोकमार्गको कारण जिल्ला आउन जान सजिलो भएकाले सकेसम्म धेरै जिल्ला बाहिरका सर्वसाधारणलाई महोत्सवमा ल्याउन प्रयास गरिने जनाइएको छ ।

(रासस)