Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

उपकरण जडानले उपचार

मंसिर १० हुम्ला ।

चिनीयाँ सरकारले हुम्ला जिल्ला अस्पताललाई उपलब्ध गराएका उपकरणहरु जिल्लामा प्राप्त भए सगै जडान कार्य सम्पन्न हुँदा बिरामीको चेकजाँचमा सहज भएको छ । नयाँ मेशिन जडान भएसंगै अस्पतालको ईमरजेन्सी फाँटमा पनि बिरामीको चेकजाँच गर्न सहज भएको हो ।

एक बर्ष अगाडी नाम्खा गाउँपालिका मार्फत जिल्ला अस्पताललाई चिनीयाँ सरकारले उपलब्ध गराएका अस्पतालका उपकरणहरु हाल जिल्ला अस्पतालमा आएर जडान कार्य सम्पन्न भई प्रयोगमा आएको जिल्ला अस्पतालका डाक्टर टसी आङ्जोक लामाले जानकारी दिए ।

चिनीयाँ सहयोगमा प्राप्त भएका उपकरणहरुमा दुई थान मल्टी म्याक्सन मनिटर, बिपि सेट १५ थान, भिडियो एक्सरे एक थान, ईसिजी मेशिन दुई थान प्राप्त भई जडान गरेर प्रयोगमै ल्याएको डाक्टर टसीले बताए । अस्पताललाई प्राप्त यी उपकरणहरुको मुल्य ६० लाख रहेको छ ।

यसअघि जिल्ला अस्पतालमा भएका मल्टी म्याक्सन मनिटर ओटी रुममा मात्र प्रयोग गर्ने गरेको भए पनि अहिले चिनीयाँ सहयोगले प्राप्त उक्त उपकरणलाई ईमरजेन्सी फाँटमा पहिलो पटक जडान गरेर संचालनमा ल्याएकोले उपचार गर्न सहज भएको उनले बताए ।

मनिटरको जडानले सबै प्रकारका सिरियस केशका बिरामी आए पनि अब जिल्ला मै चेकजाँच गर्न सहज भएको छ । गत बर्ष प्राप्त ती उपकरणहरु चिनीयाँ पक्षबाट सहयोग स्वरुप प्राप्त भएको भए पनि एक बर्षसम्म नाम्खा गाउँपालिकाले ढुवानीको ब्यबस्था नगर्दा पालिका मै थन्किएका थिए । अहिले भने उधारोमा ढुवानीको ब्यबस्था गरेर जिल्ला अस्पतालमा ल्याईएको होे ।