Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

कविता – पर्ख त्यो दिन : सुवाश संयम

सुवाश संयम

त्यती बेला सम्म
प्रत्येक गाउहरु
हाम्रो नियन्त्रणमा
आइ सकेका थिए
बाकी थियो त बस
त्यही राजधानी काठमाडौ।

जहावाट सामन्तहरु को
शासन शासित थियो,
पुजिपतीहरु को मजदुरमाथी
चरम शोषण थियोे ,
गरिवहरु माथी
उनिहरु को नागो हस्तक्षेप थियो
भरौटेहरु को साहारामा
प्राण जोगाएको त्यो सहर
अब हाम्रो निसानामा थियो।

स्कुल फर कम्युन टेक्नोलोजी
डिपार्टमेन्ट अफ गुरिल्लाका
१२६ जना आइ टि विध्यार्थीले
१३ दिन सम्म पुरा सहर भरी
अदृश्य क्यामेराहरु फिट गर्छन,
सिंहदरवारको वरिपरि,
सित्तल निवास र वालुवाटार भरी
जताततैको सुचना
हाम्रो सिस्टममा आउछ
चन्द्रागिरीको त्यो बिच जङ्गलमा।

आजको साझ अन्तिम साझ हो
आजको रात अन्तिम रात हो
यो सहरका खास सामन्तहरु को
पुजिपतीका खास दलालहरु को
हाम्रा वमहरु मा खरानी बनेर
त्यो आकाशको कालो
कालो बादलमा मिल्नेछन
मजदुरहरु को पसिना चुसेर
अलिशान महलमा सुतेका हरु
ठाउको ठाउ हुनेछन्
कालो बजारी गरेर, गरिब चुस्नेहरु
हाम्रो बारुदको निशानी बन्नेछन,
हाम्रै रगतमा पौडी खेलेर
हामीलाइ नै डन्डा घुमाउनेहरु
हाम्रो मिसनको तारो बन्नेछन

रातको १२ बज्दै गर्दा
अर्धमृत त्यो सहरमा
कयौ बर्ग सत्रुहरु
हुइस्की र बराण्डिको तालमा
वार र रेस्टुरामा,
डिस्को र दोहोरी साझमा
ताण्डब चलाइरहेको
हाम्रो कन्ट्रोल कमाण्डोले
निगरानी गरेको छ।

आज यो सहर कब्जा गर्नु अघि
त्यहा महत्त्वपुर्ण परिक्षणहरु हुनेछन
हाम्रो सेट्लाइटबाट
त्यहाको सुचना ह्याक हुने छ
हाम्रो एन्टि करेन्ट फोर्सले
सम्पुर्ण विद्युत प्रवाह रोकिदिने छ
फोन र सेलहरु
सम्पर्क बिहिन हुनेछन
लगत्तै हाम्रो नया हतियारको
परिक्षण हुनेछ।

१३ हजारको रेड आर्म युनिट
अदृश्य हतियार सहित
साझनै सहर पसेको छ
रातको ठिक १ बजेर ३७ मिनेटमा
कन्ट्रोल कमाण्डोबाट
एउटा एतिहासिक निर्देशन हुनेछ,
एकाएक काठमाडौ सहर विस्फोट हुनेछ
३ सेकेन्डमा सिंहदरवार खत्तम हुनेछ
एकै झिल्कोमा
सित्तल निवास र बालुवाटार
खरानी बन्ने छ,
हाइ कार्डै घुमिरहेको बुर्जुवा आर्मीको
होस तोडिने छ।

AK 47 को टृगर दबिनु अघि
सामन्तहरु को कंचटमा
म्यागेजिन सोझिने छ
SLR ले नभेटेका सत्रुहरु को
स्वचालित हतियारले धुवा उडाउने छ
जबर्जस्त बित्न आटेको त्यो रात
बिहान नहुदै
सुनौलो बिहानको
पुर्वमा लाली आउने छ
सुन्दर जनवादी व्यवस्था सहित
हाम्रो स्वाधीन साम्राज्यको।