साम्यवादी लोकतन्त्रका पुर्वसर्तहरु
राजनीतिक बिद्रोह, द्वन्द र कहल हुन नदिई जनताको साथ सहयोग र समर्थन बाट साम्यवादी लोकतन्त्र बचाउनको निम्ती कुशल नेतृत्व अर्को महत्वपूर्ण सर्त हो ।दुर्दसी प्रकारको सोच राख्ने राष्ट र जनता प्रती समर्पित समाजबादी लोकतान्त्रिक मूल्यमान्यता मा बिश्वाश गर्ने, माक्सबाद लेनिनवाद र माओसेतूङ्ग बिचारधारा मान्ने आन्दोलनबाट स्थापित कुशल प्रकारको नेतृत्व बिना साम्यवादी लोकतन्त्र सफल हुन सक्दैन ।यसकारण कुशल नेतृत्व पनी साम्यवादी लोकतन्त्रको निम्ती अपरिहार्य छ ।

प्राग लोकतान्त्रिक अबस्थामा नै जनतालाई लोकतान्त्रिक मूल्य मान्यता प्रती सचेत बनाऊनू पर्छ लोकतन्त्र प्रतीको सबैलाई अपनत्व दिलाउन सक्नुपर्छ ।जनताको बिस्वास लोकतन्त्र प्रती अथाहा किसिमको हुनुपर्छ ।प्रत्येक जनतालाई सर्वहाराकरणको राम्रो ज्ञान हुनुपर्छ कम्यूनिष्ट सङ्गठानात्मक प्रणाली वा लेनिनवादी संगठनात्मक प्रणालीका विषयमा तल्लो स्तरबाट नै सचेत बनाऊनू पर्छ ।
स्थानिय तहमा पनी अधिकार हरू दिइनुपर्छ ।जिबिकोपार्जन जस्ता कुराहरूमा गम्भिर प्रकारले जनताको भावना बुझ्नुपर्छ । जनतालाई सामाजिक न्याय को ग्यारेन्टी गरिनुपर्छ, यस्ता कयौ प्रकारको तयारी तथा पुर्बसर्तहरूबिना साम्यवादी लोकतन्त्र तथा समाजको परिकल्पना गर्नु त्यो दिगो हुन सक्दैन, नेकपा मसलाले साम्यवादी लोकतन्त्र तथा बैज्ञानिक समाजवादमा बिश्वास गर्दछ । यसले संसदीय ब्यबस्था प्रयोग गरे पनी यसको बिश्वास गर्दैन खाली जनतालाई सर्वहाराकरणको राम्रो ज्ञान दिन र जनतालाई सचेत बनाऊन यसले यो ब्यबस्थाको उपयोग गर्दै आएको छ यसकारण जनताको सर्मथन सहितको लोकतन्त्र अथवा साम्यवादी लोकतन्त्र स्थापना गर्न हामीले अनेकौ प्रयत्नहरू गर्नुपर्छ जनताको माझमा आधारभूत सास्कृतिक चेतनाको बिकास गराएर सबैलाई क्रान्ती प्रती तयार बनाऊनू पर्छ अन्यथा हामी सफलताको केन्द्रबिन्दु भेट्टाऊन सक्दैनौ
साम्यवादी लोकतन्त्रलाई सामान्य अर्थमा जनतन्त्र भनिन्छ ।साम्यवादी लोकतन्त्र भित्र आम शोषित पिडीत सर्बहारा बर्गको अधिकार सुनिश्चित गरिएको हुन्छ ।यसमा जनताहरूको सेवा सुबिधा तथा सुरक्षा प्रती राज्यले अत्यन्त कठोर निती लागु गरेको हुन्छ ।यस्तो प्रकारको लोकतन्त्रमा सम्पती माथी सबैको समान अस्तित्व तथा हक अधिकार रहन्छ ।जमिन जोत्नेको हुन्छ वा उत्पादन गर्नेले उपभोग गर्न पाऊछ।माक्स ,लेनिन, स्टालिन, माओ आदीको विचारको आधारमा परिकल्पना गरिएको यो लोकतन्त्रमा जनताको जनजिबिका र शाषण प्रणाली मा बिशेष ध्यान दिईन्छ ।असमान र बिभेडको अन्त्यको निम्ती यो प्रकारको ब्यबस्था अपरिहार्य मानिन्छ ।हाल बिश्वका धेरै देशमा यसको अभ्यास नभए पनी बिभिन्न कालखण्डमा यस्तो लोकतन्त्रको अभ्यास भएको छ ।
सर्बप्रथम फ्रान्समा करिब 75 दिन सम्म यस्तै प्रकारको लोकतन्त्र को अभ्यास गरिएको थियो तर त्यहाँ सास्कृतिक चेतनाको बिकास बिना आएको साम्यवादी लोकतन्त्र दिगो दिगो रहन सकेन । रूसमा र चिनमा क्रमशः लेनिन र माओको पालामा पनी साम्यवादी लोकतन्त्रको अभ्यास भएको थियो अथवा यो ब्यबस्थाको जग निर्माण गर्ने कार्य भएको थियो ।19 औ सताब्दी पछी खासै यो ब्यबस्थाले स्थान पाऊन सकेको छैन यो प्रकारको लोकतन्त्र को अभ्यास गरिएको छैन अहिले मुलतः बिश्वमा नै नभएको साम्यवादी लोकतन्त्र वा जनतन्त्रको बारेमा ठुलो बहस चलिरहेको छ ।एकथरी यो ब्यबस्थाको पटन भएको भन्दछन यो ऊनीहरूको ऊदारबारी लोकतान्त्रिक चरित्र अन्तरगत पर्दछ ।दलाल पुँजी बादी राज्य ब्यबस्था का हिमायती तथा यथास्थितिवादका पक्षपातीहरूले यो प्रकारको ब्यबस्था ओझेलमा परेको छ र अब यो ब्यबस्था आउनेमा ऊनीहरू बिश्वास गर्दैनन् अहिले यो प्रकारको जनमत बिश्वमा बढी नै छ
अर्कोथरी मानिसहरु बर्तमान समयमा यो ब्यबस्था नभए पनी यो खालको लोकतन्त्र वा ब्यबस्थाको भबिश्य उज्जवल छ भन्ने बिश्वास गर्छन।यो प्रकारको आस्था र बिश्वासलाई बस्तुनिस्ठ र बास्तबिकता मान्न सकिन्छ ।यसलाई बिश्वास गर्ने थुप्रै आधारहरू छन । माक्सबादको भबिस्य उज्ज्वल भएको कुरा लाई नकार्ने कुरा गर्न सकिदैन । नेपालमा कहिले झापाली हरूले त कहिले माओवादीहरूले ससक्त बिद्रोह द्रारा पिल्सिएका नेपाली जनताको मुक्ति गर्ने र जालीझेली र अबशबादी हरूको कालोसामराज्य ध्वस्त पारी रक्तिम बिहानी ल्याउने र जनताको अग्रगामी शाषण प्रणाली स्थापना गर्ने भनेर धेरै प्रकारको उग्रवामपन्थी चरित्र समेत प्रदशन गरे ,तर ऊनीहरू दक्षिणपन्थी संशोधनवादी अबशबादी हरूको ब्यबस्थामा पटन हुन पुगे यसले जनतामा अलिकती निरास पैदा गर्यो । परिबर्तन प्रतीको बिश्वास अली कमजोर बन्न पुग्यो ।यतीबेला रक्षात्मक अवस्थामा पुगेको बिश्व कम्यूनिष्ट आन्दोलन वा साम्यवादी लोकतन्त्रको सबाललाई बचाउनको निम्ती र अन्तत्वगत्वा यो प्रकारको ब्यबस्था स्थापना गरेर टिकाउनको निम्ती बिभिन्न खाले राजनितीक, आर्थिक, सामाजिक तथा सांस्कृतिक पुर्बसर्तहरूको बिकाश हुनुपर्दछ र यि बिकाशका आयमहरूलाई कसरी ब्यबस्थित गर्ने भन्ने बारे अबको हरफहरू हुनेछन बिश्वास गरिएको छ की यसले साम्यवादी लोकतन्त्रलाई स्थापना गर्नको निम्ती अझ मदत गर्ने छ सबैमा अटुट बिस्वास र उत्साह प्रबाह गर्नेछ।
शाषणमा सबैको सहभागिता जनउत्तरदायी र सामाजिक न्यायको निम्ती लोकतन्त्र अनिबार्य हुन्छ । लोकतन्त्र का बिभिन्न प्रकारहरू हुन्छन ।जस्तै प्रत्यक्ष लोकतन्त्र यो प्रकारको लोकतन्त्रमा निती निर्माण को तहदेखि कार्यन्वयन सम्म जनताको सहभागिता रहेको हुन्छ ।यसमा जनताहरूले आफ्नो कुरा जनमतसंग्रह वा हस्ताक्षर अभियान बाट राख्न पाऊछन ।यस्तो लोकतन्त्र पनी त्यती जनउत्तरदायीत्वमा हुदैन वा अल्पमतको सम्मान हुदैन ,अन्यप्रकारका लोकतन्त्र जस्तो अप्रत्यक्ष तथा ऊदारबारी लोकतन्त्रले पनी जनतालाई ब्यबस्था प्रतीको अपनत्व महसुस गराऊन सक्दैन ,सर्बहाराका बर्गको मुक्ति त साम्यवादी लोकतन्त्रबाट मात्र सम्भव छ यसको निम्ति निम्न अनुसार को पुर्बसर्तहरूमा ध्यान दिनुपर्दछ । बर्तमान समयमा साम्यवादी लोकतन्त्रमा सबैले बिश्वास गर्दैनन ।
यसकारण यसको प्राप्ती र प्राप्तिपछिको संस्थागत बिकाश महत्वपूर्ण पक्ष हो यो अत्यन्त चुनौतीपूर्ण पनी छ । चरम पुँजीबादी युगको प्रभाव र ब्यक्तीमा हुने निम्न पूजीबादी चिन्तनको कारणले गर्दा यो प्रकारको ब्यबस्था ओझेलमा पर्न सक्ने सम्भावना अत्यन्त प्रबल हुन्छ ।यसको संस्थागत बिकाशको निम्ती हामीले जनतामाझ सास्कृतिक चेतनाको बिकास गर्नू महत्वपूर्ण हुन्छ र यो अपरिहार्य छ । सास्कृतिक चेतनाको बिकास बिनाको क्रान्ती सफल भएपनी टिक्न सक्दैन ।कहीँकतै क्रान्ति भएपनी यो टिक्न सक्दैन ,रूस तथा चिनमा सास्कृतिक चेतनाको बिकास बिनाको क्रान्ती सफल भयो तर टिक्न सकेन हामीले पनी यो कुरा अत्यन्तै गम्भिर प्रकारले ध्यान दिनु पर्छ ।अहिले नेपाली समाजमा कम्यूनिष्ट पार्टी प्रतीको आकर्षण बढी भएको र दक्षिणपन्थी संशोधनवादी र अबसरबादी हरूले यसको फाइदा लिएको कारण हामीले जनता माझ अझ ससक्त प्रकारको कार्यक्रम गरेर यो भ्रम चिर्नुपर्छ ।अहिले यो जिम्मेवारी क्रान्तिकारी कम्यूनिष्ट पार्टी जो माक्सबाद लेनिनवाद र माओसेतूङ्ग बिचारधारा मान्छ त्यसका कार्यकतालाई आएको छ जनतालाई क्रान्तिको बिश्वास पैदा गराउदै सास्कृतिक चेतनाको बिकास गराई ग्रामीण जाली फटाहा शोषक या जमिन्दारहरूको बिरूद्ध गाऊं गाऊं बाट क्रान्तिको आधार तयार पार्नुपर्छ ।
बर्तमान समयमा नेपालमा सबैखाले परिस्थिती बिना उग्र प्रकारको बामपन्थी सङ्कीर्ण सोच पनी देखिएका छन अहिले यो पनी आम क्रान्तिकारी कम्यूनिष्ट पार्टी र आन्दोलन प्रती धोका हुने प्रबृतिको छ यसलाई निर्मुल पारी सच्चा प्रकारको क्रान्तिकारी चरित्र बोकेको जनता निर्माण गर्नु साम्यवादी लोकतन्त्र को एऊटा पुर्बसर्त हो | राजनीतिक बिद्रोह, द्वन्द र कहल हुन नदिई जनताको साथ सहयोग र समर्थन बाट साम्यवादी लोकतन्त्र बचाउनको निम्ती कुशल नेतृत्व अर्को महत्वपूर्ण सर्त हो ।दुर्दसी प्रकारको सोच राख्ने राष्ट र जनता प्रती समर्पित समाजबादी लोकतान्त्रिक मूल्यमान्यता मा बिश्वाश गर्ने, माक्सबाद लेनिनवाद र माओसेतूङ्ग बिचारधारा मान्ने आन्दोलनबाट स्थापित कुशल प्रकारको नेतृत्व बिना साम्यवादी लोकतन्त्र सफल हुन सक्दैन ।यसकारण कुशल नेतृत्व पनी साम्यवादी लोकतन्त्रको निम्ती अपरिहार्य छ ।प्राग लोकतान्त्रिक अबस्थामा नै जनतालाई लोकतान्त्रिक मूल्य मान्यता प्रती सचेत बनाऊनू पर्छ लोकतन्त्र प्रतीको सबैलाई अपनत्व दिलाउन सक्नुपर्छ ।जनताको बिस्वास लोकतन्त्र प्रती अथाहा किसिमको हुनुपर्छ ।
प्रत्येक जनतालाई सर्वहाराकरणको राम्रो ज्ञान हुनुपर्छ कम्यूनिष्ट सङ्गठानात्मक प्रणाली वा लेनिनवादी संगठनात्मक प्रणालीका विषयमा तल्लो स्तरबाट नै सचेत बनाऊनू पर्छ ।स्थानिय तहमा पनी अधिकार हरू दिइनुपर्छ ।जिबिकोपार्जन जस्ता कुराहरूमा गम्भिर प्रकारले जनताको भावना बुझ्नुपर्छ । जनतालाई सामाजिक न्याय को ग्यारेन्टी गरिनुपर्छ, यस्ता कयौ प्रकारको तयारी तथा पुर्बसर्तहरूबिना साम्यवादी लोकतन्त्र तथा समाजको परिकल्पना गर्नु त्यो दिगो हुन सक्दैन, नेकपा मसलाले साम्यवादी लोकतन्त्र तथा बैज्ञानिक समाजवादमा बिश्वास गर्दछ ।
यसले संसदीय ब्यबस्था प्रयोग गरे पनी यसको बिश्वास गर्दैन खाली जनतालाई सर्वहाराकरणको राम्रो ज्ञान दिन र जनतालाई सचेत बनाऊन यसले यो ब्यबस्थाको उपयोग गर्दै आएको छ यसकारण जनताको सर्मथन सहितको लोकतन्त्र अथवा साम्यवादी लोकतन्त्र स्थापना गर्न हामीले अनेकौ प्रयत्नहरू गर्नुपर्छ जनताको माझमा आधारभूत सास्कृतिक चेतनाको बिकास गराएर सबैलाई क्रान्ती प्रती तयार बनाऊनू पर्छ अन्यथा हामी सफलताको केन्द्रबिन्दु भेट्टाऊन सक्दैनौ |






