राष्ट्रियकला एप प्रतियोगीता तथा प्रर्दशनी पोखरामा शुरु
मंसिर १६ सुर्खेत ।
एनएस क्लब राष्ट्रियकला एप प्रतियोगीता तथा प्रर्दशनी पोखरामा शुरु भएको छ । प्रतियोगीतामा समाबेश भएका २०८ कलाकारका २५० कलाकृति मध्ये कर्णाली प्रदेशका बिक्रम शिशिरको कलाकृतिले प्रथम स्थान हासिल गर्न सफल भएको छ । उनलाई नगद १५ हजार, १५ हजार बराबरको पेन्टिङ्ग, सम्मानपत्र र स्वर्णपदक बाट पुरस्कृत गरिएको छ । प्रर्दशनीमा नेपालका सात वटै प्रदेशको सहभागीता रहेको छ । उक्त प्रतियोगीतामा प्राज्ञिक व्यक्तित्व, विज्ञ, बरिष्ठ कलाकारदेखि युबा र मन्टेश्वरीमा अध्ययनरत स–साना बालकलाकारहरुको कलाकृति समेत प्रदर्शनीमा राखिएको छ ।

पोखराको महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरीमा गरिएको प्रर्दशनीमा एक बर्षीय बालक देखि ७५ बर्षीय जेष्ठ नागरिकसम्मका कला कृति हेर्न पाईन्छ । भर्खर सिसाकलम समात्न सिकेका बिद्यार्थी देखि कुलपति सम्मका कलाकृति नियाल्न पाइने उक्त प्रदर्शनीलाई निकै महत्वका साथ हेरिएको छ ।
त्यति मात्र कहाँ हो र, देशका सात वटै प्रदेशका २०८ कलाकारका २५० कलाकृति एकै थलोमा एकै पटक हेर्न र बुझ्न पनि पाईन्छ । शान्ति पर्यटन र कला प्रबद्धनको उदेश्यले कला पारखीका लागि यो गज्जवको अबसर एनएस क्लब पोखराले जुराईदिएको हो ।
त्यसैगरि मन्टेश्वरी तर्फ डायमन्ड बोडिङ्ग स्कुलका मान्यता तिवारी प्रथम भइन । उनले नगद रु दुई हजार, स्वर्ण पदक र सम्मान पत्र प्राप्त गरिन । सुर्खेतका बैभब चन्द दोश्रो भए । उनले रु पन्ध्र सय सम्मान पत्र र रजक पदक प्राप्त गरे । रुपा मन्टेश्वरी किड्स होमका नज्योशा सिंह तेश्रोे भईन । उनलाई पनि नगद रु १ हजार कास्य पदक र सम्मान पत्रबाट पुरस्कृत गरियो । बाँकेका प्रितम पगेनी चौंथौ स्थान प्राप्त गर्न सफल भए । उनलाई नगद पाँच सय पदक र सम्मान पत्रले पुरस्कृत गरियो ।
कलाकार लोक प्रसाद गुरुङ्ग,डिबि गुरुङ्ग र झबिन्द्र गुरुङ्गले कलाकृतिको गुणस्तरको आधारमा पुरस्कृत कलाकृतिको छनौट गरेका थिए । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथिहरु हिमाञ्चल बोडिङ्ग स्कुलका डाईरेक्टर धु्रर्ब केसी र ज्ञान ज्योती बिद्या कुञ्जका प्रिन्सिपल अर्जुन प्रसाद अधिकारी ले पुरस्कार प्रदान गरेका थिए ।
बिश्वकला यात्री प्राज्ञ नगेन सिंहको अहिलेको युग ललितकला डायमन्ड युग बनाउने घोषणा अनुरुप प्राज्ञ सिंहका बिद्यार्थीहरुको एनएस क्लब ले राष्ट्रिय कला प्रर्दशनीको आयोजना गरेको हो। प्रर्दशनी मंसिर २२ गते सम्म जारी रहने साथै बिद्यार्थीका लागि रु २० र अन्यका लागि २ सयको टिकट काटेर प्रर्दशनी अबलोकन गर्न सकिने कार्यक्रम संयोजक ममता मंजुलले जानकारी दिईन ।






