Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

दृष्टिविहिन छात्राहरुलाई सेनेटरी प्याड वितरण

१८ मंसीर, सुर्खेत ।

दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतले २७औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा दृष्टिविहिन छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।

पूर्वी सुर्खेतको राकममा सिम्ता गाउँपालिकामा रहेको बागेश्वरी सामुदायिक विद्यालयमा अध्ययनरत ८ जना छात्राहरुकालागि ३० थान सेनेटरी प्याड र अन्य ३ जना दृष्टिविहिन छात्रलाई एमपी थ्री प्लेएर अपाङ्ग उत्थान केन्द्र राकम सिम्तालाई  वितरण गरेको केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले बताउनुभयो ।

दृष्टिविहिन विद्यार्थीहरुकालागि फेसबुक लगाएत विभिन्न माध्यमद्वारा सहयोग जुटाई हाल १२ जना दृष्टिविहिन छात्र छात्रालाई छात्रबृति प्रदान गरिरहेको अध्यक्ष शाक्यले बताउनुभयो ।

वीरेन्द्रनगर सुर्खेत स्थित एञ्जल स्टोरका प्रोप्राइटर कमल चालिसे र अन्जु सिक्देलले १०० थान सेनेटरी तथा केन्द्रका आजीवन सदस्य ज्वाला कम्प्यूटर सप्लायर्सका प्रोप्राइटर सुदिपकुमार केसीले ३ थान एमपी थ्री प्लेएर सहयोग गर्नुभएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

कार्यक्रममा अपाङ्ग उत्थान केन्द्र राकम सिम्ताका अध्यक्ष योगेन्द्र शाहीले दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतले दृष्टिविहिन विद्यार्थीहरुका क्षेत्रमा गरेको कार्यहरुको  प्रशंसा गर्नुभएको थियो ।त्यस्तै कार्यक्रममा सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतलाई सम्मान तथा कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

बाँकी रहेको सेनेटरी प्याड अन्य क्षेत्रका दृष्टिविहिन विहिन छात्राहरुलाई वितरण गरिने केन्द्रले जनाएको छ ।

संथापक सचिव दृष्टिविहिन हेरविचार केन्द्रका सचिव सोमना खड्काले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष दृष्टिविहिन मेनका आचार्यले आफ्नो भनाइ राख्नुभएको थियो ।