Loading... आजः ८ बैशाख २०८३, मंगलवार । Tuesday 21st April 2026
ताजा खबर
  

जेष्ठ नागरिकलाई कम्बल वितरण

मंसिर २१ सुर्खेत ।

वीरेन्द्रनगर नगर पालिका वडा नं. २ को आयोजनामा जेष्ठ नागरिकहरुलाई न्यायो कम्बल वितरण गरि सम्मान गरेकोछ ।

आफ्नै वडा कार्यालयको आन्तरिक श्रोतबाट जेष्ठ नागरिकहरुका लागि छुट्टयाइएको बजेट मार्फत वडाका ३७ वटा टोलविकासबाट ६ जनाको दरले दुइ सय २२ जनालाई वितरण गरेको हो ।

वडा अध्यक्ष बलबहादुर रोकायले सबै भन्दा पहिलो ८५ वर्षिया द्वय बशु कमिनी र वलविर रावत क्षेत्रीलाई कम्बल दिएर शुरुवात गरेको वडा सचिब नारायणदेव गिरीले जानकारी दिए ।

यसै क्रममा जेष्ठ नागरिकहरुका लागि उत्तरगंगा स्वास्थ्य चौकीले पनि निशुल्क चेकजाँच गरेको छ । चेकजाँचमा उच्च रक्तचाप, मधुमेह तथा सुगर जाँज गरिएको वडासदस्य टोपबहादुर रास्कोटीले जानकारी दिए ।

वडा अध्यक्ष वलबहादुर रोकायको अध्यक्षतामा भएका वितरणका कार्यक्रममा कार्यपालिका सदस्य सरिता चौधरी, वडा सदस्यहरु बालकुमारी सुनार, रत्नबहादुर सुनारको सहभागि रहेको थियो ।