एकै दिनमा सात एल्वम विमोचित
पौष १३ सुर्खेत ।
गितकार डिआर उपाध्यायको सात वटा एल्बम आज(शुक्रबार) बिमोचन गरिएको छ । वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रमकाविच मध्यपश्चिम विश्वविद्यालयका मानविकि तथा सामाजिक शास्त्र संकायमा डिन खोमिराम लम्सालले विमोचन गर्नुभएको हो । सहेल, हिमाली लय, अन्तराप, प्रतिनाद, नशालु नजर, जोहो, प्रणय र जखम नामक सांगितिक एल्बम एकैसाथ विमोचन गरिएको हो ।

उपाध्यायको सात वटा एल्बम सातै प्रदेशमा विमोचन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सन्तोष्ठ श्रेष्ठ र सागर अधिकारी (शरद)ले प्रस्तुती पनि राख्नु भएको थियो । एल्बमको विमोचनसंगै समिक्षा पनि गरिएको थियो । श्रीपदमा–दीप प्रतिष्ठान काठमाण्डौँको आयोजना र मध्यपश्चिम विश्वविद्यालय सहित्य समाजको सहआयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बरिष्ठ बाद्ययबाद्यक प्रेमदेव गिरी, साहित्यकार दिनेश गौतम, बरिष्ठ गितकार गंगा केसी, डिन खोमिराम लम्साललगायतले सुर्खेतको सहित्य र संगितको क्षेत्रको अवस्थाको विषयमा विर्मश गरेका थिए । सुर्खेतको साहित्य संगितको अवस्था र यसको संरक्षणका लाग सुर्खेतको गितसंगित, कला साहित्यलाई संंरक्षण गर्नका लागि सबैले लाग्नुपर्ने उनीहरुले बताएका थिए । अबको साहित्य, गितसंगित समस्याहरु मात्र देखाउने भन्दा पनि समाधानका उपायहरुसहित रचना गरिनुपर्ने सहभागितको भनाई थियो ।






