Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले माग्यो पृथ्वी जयन्तिमा बिदा

पौष २३ काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पृथ्वी जयन्ति (पौष २७) तथा राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक विदाको माग गरेको छ । पार्टी अध्यक्ष पशुपति शम्शेर जबराको अध्यक्षमा बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले विदाको माग गरेको पार्टी प्रवक्ता राजेन्द्र गुरुङ्गद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।

साथै उक्त बैठकले विदाको मागको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र सम्बन्धित जिल्ला कार्य समितिको पहलमा सात वटै प्रदेशका मुख्यमन्त्री मार्फत समेत ज्ञापन पत्र दिने निर्णय गरेको छ ।

यसैगरी वाइड बडी जहाज प्रकरणमा संसदको लेखा समितिको छानविन उपसमितिले प्रतिवेदन दिइसकेको अवस्थामा भ्रष्टाचारलाई ढाकछोप गराउने उद्देश्यले सरकारले न्यायिक समिति गठन गरेर भ्रष्टाचारलाई बढावा दिने र संसदको सर्वोच्चतालाई चुनौति दिने कार्य गरेको हुँदा सो कार्यको कडा प्रतिवाद गर्दै संसदीय सर्वोच्चता कायम राख्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

No photo description available.