Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

अखिल (छैठौं) द्धारा स्ववियु निर्वाचन प्रकृयाको स्वागत

पौष २४ काठमाडौँ |

राष्ट्रिय जनमोर्चा निकटको बिद्यार्थी संगठन अखिल (छैठौं) ले  त्रिभुवन विश्वविद्यालय अन्तरगतको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार उपत्यका भित्र र वाहिरका सवै अाङ्गिक क्याम्पसहरुलाई परिपत्र गर्दै  निर्देशन दिएकोमा स्वागत गरेको छ।

 २०७३ फागुनमा भएको स्ववियु निर्वाचनवाट निर्वाचित सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएको हुदा २०७५ फागुनमा हुने स्ववियु निर्वाचनको पुर्व तयारी गर्न गराउनुहुन भनी परिपत्रमा उल्लेख गरियको छ त्रिविका अाङ्गिक क्याम्पस हरुमा स्ववियु निर्वाचन प्रत्येक २/२वर्षमा हुने व्यवस्था छ ।

अखिल (छैठौं) ले २०६५ पछि विभिन्न विद्यार्थी संगठन तथा विश्वविद्यालय पदाधिकारीको आ-आफ्नै स्वार्थका कारण २०७३ सालसम्म निर्वाचन  हुन नसकेपछी अवैधानिक  स्ववियु गुन्डागर्दी र भ्रष्टाचारको दलदलमा फस्यो यस्तो अवस्थाम स्ववियुको गरिमालाइ वचाउन, तत्काल स्ववियुको निर्वाचन गराउन र अवैधानिक स्ववियुलाइ काम कार्वाही नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो त्यसमाथि सुनुवाइ गर्दै सम्मानित  सर्वोच्च अदालतले ६ महिनाभित्र स्ववियु निर्वाचन गर्न त्रिविलाइ निर्देशन दिनुका साथै अवैधानिक स्ववियुलाई स्ववियुकै हैसियतमा काम नगराउन समेत आदेश दिएको थियो।  यसैको परिणाम स्वरुप करिव ८ वर्षपछि विद्यार्थीहरूले अाफ्न प्रतिनिधि निर्वाचित गर्ने अवसर पाएका थिए । २वर्ष अगाडि त्रिविले पहिलोपटक विद्यार्थीको उमेरहद २८वर्ष कायमगरि स्ववियु निर्वाचन गरायको थियोे जसका कारण उपत्यकाका ठुला क्याम्पसहरुमा निर्वाचन हुनसकेको थिएन ।

 यसपटक सवै आङ्गिक क्याम्पसहरुमा निर्वाचन गर्नुपर्ने अखिल (छैठौं)ले माग गरेको छ । अखिल (छैठौं )केन्द्रीय समितिका कोषाध्यक्ष हस्तराज रेग्मीले स्ववियु निर्वाचन समयमै सम्पन्न गर्न त्रिविले गरेको निर्देशन स्वागतयोग्य भएको वताएका छन ।  उनले अखिल (छैठौं )ले स्ववियु निर्वाचनको तयारी थालिसकेको समेत वताए ।  साथै  अन्य विद्यार्थी संगठनहरुको अान्तरिक समस्याका कारण निर्वाचन प्रभावितहुन सक्नेतिर समेत सचेत रहन  विद्यार्थीसंगठन तथा सरोकारवाला सवैलाइ अनुरोध गरेका छ्न ।