Loading... आजः ११ भाद्र २०८३, बिहीबार । Thursday 27th August 2026

सरकारविरुद्ध सुर्खेतमा नेविसंघको राँके जुलुस

माघ १७ सुर्खेत |

सरकार दुई तीहाईको दम्ब्भबाट अघि बढेको भन्दै नेपाल विद्यार्थी संघ सुर्खेतले सरकार विरुद्ध नाराबाजी गर्दै आज बीरेन्द्रनगरमा मसाल जुलुस निकालेको छ ।

पार्टी कार्यालय सुर्खेतबाट निस्किएको राके जुलुस बीरेन्द्रनगर बजार परिक्रमा गर्दै जबर्जस्ती पास गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर, भ्रष्टाचार र महंगी नियन्त्रण गर, निर्मलाका बललात्कारी र हत्यारालाई कारबाही गर, अधिनायकवाद लाद्न पाइँदैन लगायतका नारा लगाउँदै नेविसंघका नेता कार्यकर्ताले बीरेन्द्रनगर बजारमा प्रदर्शन गरेका हुन्।

मसाल जुलुसलाई सम्वोधन गर्दै नेविसंघका केन्द्रिय सदस्य हरि शर्माले सरकारले जबरर्जस्ती विधेयक पारित गरेकोले तत्काल विधेयक संशोधन गर्न समेत माग गरेका छ्न । उनले निर्मला हत्या काण्डका दोशी, ह्वाइट बडीका दोषीलाई कारवाहीको दायरामा ल्याउन्न समेत माग गरे । नेविसंघले अनसनरत डा.गोविन्द केसीको मागलाई पनि तत्काल सम्बोधन गर्न अनुरोध गरेको छ ।