अमानवीय कार्य गरेको भन्दै ट्रेड युनियनको विज्ञप्ती
माघ १७ सुर्खेत ।
निजामती कर्मचराीहरुको आधिकारीक ट्रेड युनियन जिल्ला कार्य समिति सुर्खेतले प्रेस विज्ञप्ती निकालेको छ । जिल्ला मालपोत कार्यालय सुर्खेतका सूचना अधिकारी नरबहादुर घर्तीलाई उनको कार्यकक्षमा अज्ञात समुहद्वारा गरिएको अमानवीय कार्य गरेको भन्दै प्रेस विज्ञप्ती निकालेको हो ।

विज्ञप्तीमा उक्त अमानवीय एवम् अभद्र कार्यको घोर भत्र्सना गर्दै दोषी माथि कानुन बमोजिम कडाभन्दा कडा कारबाहीको माग गरिएको छ । विज्ञप्तीमा लेखिएको छ–‘उक्त घटनाले आम राष्ट्रसेवक कर्मचारीको मनोवल कमजोर हुनुका साथै राष्ट्रसेवकले प्रवाह गर्ने चुस्त दुरुस्त, छिटो, छरितो र पारदर्शी सेवामा समेत गम्भिर असर पर्ने भएकोले यस्ता निन्दनीय एवम अकल्पनिय कार्य हुन नदिन सम्बन्धित सरोकारवाला सबैमा ध्यानाकर्षण गराउदछौं ।
आगमी दिनमा यस्ता घटनाहरु नदोहोरिनका लागि सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको जीउ ज्यानको सुरक्षा र भय रहित रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गरिदिन समेत जोडदार माग गर्दछौं । यदि दोषि माथि कानुन बमोजिम कारवाही नभएमा आगामी दिनमा चरणवद्वरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारि गराउँदछौ ।’






