Loading... आजः १६ भाद्र २०८३, मंगलवार । Tuesday 1st September 2026

गजल – कर्ण सिंह ठकुरी

श्रीमतीलाई तिमी राम्री छौ भन् दिनुपर्छ
र कुनै कुनै बेला बेस्सरी चुम्बन दिनुपर्छ

Image may contain: 1 person, selfie and outdoor

बाजेले बजैलाई बाले आमालाई दिए झैं 
हामीले पनि श्रीमतीलाई तनमन दिनुपर्छ

श्रीमती धर्ती हुन जे रोप्यो त्यहि फल्छ है
राम्ररी जोतेर आलीकान्ला खन् दिनुपर्छ

धर्ती नै घर हो आकाश नै छानो हो हजुर
बुडीलाई केवल मिठोबोलीबचन दिनुपर्छ

साँझबिहान सम्पतिका कुरा गर्न थालेमा
बिदेश गएर कमाईकाज गरेर धन दिनुपर्छ

अलपत्र र अपांग भएर घरमा फर्केपछि
मेरो लाशमा ओढाउनु भनी कफन दिनुपर्छ