कर्णालीमा प्रदेश स्तरिय खेलकुद प्रतियोगिता फागुन ११ देखि
फागुन १० सुर्खेत |
सुर्खेतमा फागुन ११ गतेदेखि प्रदेश स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । निकट भविश्यमैं प्रदेश ५ को शहर बाँकेमा हुन गइरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट गर्न आगामी फागुन २६ गते सम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
कर्णाली प्रदेश अन्तर्गतका जिल्लाका खेलाडीहरुले २१ वटा खेलमा प्रतिस्प्रर्धा गर्ने प्रदेश खेलकुद परिषद् कर्णाली प्रदेशका प्रचार–प्रसार संयोजक अर्जुन जङ्ग शाहीले बताए ।
आठौं राष्ट्रिय खेलकुदमा भने खेलाडीहरुले ३५ वटा खेलहरु खेलाइने छ । चैत अन्तिम साता राष्ट्रिय खेलकुद हुने सम्भावना रहेको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय खेलकुदका लागि नेपालगञ्ज रंगशालामा पूर्वाधार निर्माण कार्य तिव्र पारिएको समितिले जानकारी दिएको छ ।
राष्ट्रिय खेलकुदमा सहभागि हुने खेलाडी छनौट गर्न आयोजना गर्न लागिएको प्रदेश स्तरीय खेलकुदका लागि सुर्खेत, सल्यान, जाजरकोट, दैलेख, कञ्चनपुर र दाङ जिल्लालाई छनौट गरिएको छ ।
सुर्खेतमा आवश्यक रिङ्ग सहितको पुर्वाधार नभएकाले उसुका लागि दाङ र बक्सिङ्गका लागि कञ्चनपुर जिल्ला छनौट गरिएको संयोजक शाहीको भनाई छ । प्रदेश स्तरिय खलकुद प्रतियोगिताका लागि युवा तथा खेलकुद मन्त्रालयले १ करोड ८९ लाख रकम विनियोजन गरेको छ ।
कर्णाली प्रदेश स्तरिय खेलकुद प्रतियोगिताको खेल र समय तालिका यस्तो छ :







