खेलाडिलाई जर्सी प्रदान
फागुन १० सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा यही फागुन ११ (भोलि) देखि शुरु हुन गइरहेको प्रदेश स्तरीय खेलकुद प्रतियोगीता अन्तर्गत फुटबल प्रतियोगीताका प्रतियोगीहरुलाई जर्सी प्रदान गरिएको छ । खेलाडिहरुलाई सुर्खेत हार्डवेयर समितिद्वारा सर्वोत्तम पेन्ट प्रा. लि.को सहयोगमा ४० थान जर्सी प्रदान गरिएको छ ।

जर्सी प्रदान कार्यक्रममा बोल्दै सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले खेलाडिले देशलाई विश्वसामु चिनाउने भएकोले खेलाडिलाई सक्षम बनाउनु सबैको दायित्व भएको बताउनु भयो । खेलाडि भनेको देशको इज्जत र प्रतिष्ठा भएकोले सुर्खेत उद्योग बाणिन्य संघ जहिले पनि सहयोगीको रुपमा रहने अध्यक्ष रावतको भनाई थियो ।
खेलाडिहरुलाई जर्सी प्रदान कार्यक्रममा बोल्दै जिल्ला फुटबल संघ सुर्खेतका अध्यक्ष जनक रावलले खेलाडिले देशको स्वाभिमानका लागि खेल्ने भएकोले यो प्रतियोगीतामा सुर्खेतका खेलाडिहरुले जित्ने कुरामा आशावादी रहेको बताउँदै खेलाडिहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम हार्डवेयर समितिका सचिव दिनेश ढकालको सभापतित्वमा भएको थियो ।






