Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

कर्णाली महोत्सवको सातौ दिन दर्शकको घुइचो

फागुन १२ सुर्खेत |

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गत फाल्गुन ४ गते देखि सञ्चालित कर्णाली महोत्सवमा शनिवार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ । शनिवार करिब ५० हजारले महोत्सवको अवलोकन गरेको आयोजकको भनाई छ । महोत्सव सञ्चालन भएको स्थान दर्शकहरुले भरिभराउ थियो ।

Image may contain: one or more people, people standing, crowd and outdoor

कतिपय दर्शकहरु महोत्सव स्थलमा ठाउँ नभएका कारण बाहिर गेट बाटै फर्कनु परेको थियो । शनिवार भएका कारण अपेक्षा गरिए भन्दा बढि दर्शकहरुको सहभागिता रहेको मेला आयोजक सुर्खेत चेम्बर अफ कर्मसका अध्यक्ष चिन्तामणि शर्माले बताए । महोत्सव सञ्चालन भएको आसपासका सडकहरुमा दर्शकहरुको भिडले सवारी समेत जाम भएका थिए । शनिवार चर्चित आधुनिक गायक प्रमोद खरेलको प्रस्तुतिले पनि दर्हकहरुको सहभागिता बढेको अध्यक्ष शर्माको भनाई छ ।

गायक खरेलको प्रतिक्षामा बेलुकी साढे ५ बजेसम्म दर्शकहरु हलचल नगरी बेग्र पतिक्षमा थिए । जब खरेल स्टेज चढे तब एकैछिनका लागी भएपनि महोत्सव स्थल सांगितिक महामेला जस्तै बनेको थियो । ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ गित बाट आफ्नो प्रस्तुति शुरु गरेका खरेल संग हजारौ दर्शकहरु झुमेका थिए । त्यस लगत्तै एकपछि अर्को गर्दै खरेलले आफ्ना चर्चित गितहरु प्रस्तुत गरे उनको प्रस्तुति चलिरहदाँ दर्शकहरुको भिड नियन्त्रण गर्न सुरक्षाकर्मी लाई हम्मेहम्मे परेको थियो । खरेलले ओई झुमा झुम्का वाली , हङ्गगामा भो कसम, यो कुरा गोप्य हो , चल बतास चल , लागी लागी मेरो माया तिम्रै लागी, बाँसैको चोयाले जस्ता उनका चर्चित गितहरु प्रस्तुत गरेका थिए । शनिवार नै लोक गायक जिवन शर्माले पनि आफ्नो प्रस्तुति दिए ।

Image may contain: one or more people, people standing, crowd, sky and outdoor

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका पुर्व केन्द्रिय अध्यक्ष समेत रहेका शर्माले धान खायो बाछिले, गण्डकी सलल, जस्ता गितहरु प्रस्तुत गरे । आज आईतवार चर्चित गायीका आस्था रावत लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैबिच कर्णाली महोत्सवको समय २ दिन थपिएको छ । फाल्गुन ११ गते समापन गर्ने भनिएपनि महोत्सव २ दिन पछि १३ गते सोमवार े समापन गरिने आयोजकले जनाएको छ लोकदोहोरी प्रतियोगिता दाङ्गले जित्यो कर्णाली महोत्सवमा आयोजना गरिएको प्रतियोगितात्मक लोकदोहोरी प्रतियोगितामा सबै टिमलाई पछि पार्दै लोक दोहोरी प्रतिष्ठान दाङ्ग प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

Image may contain: one or more people, crowd and outdoor

शनिवार भएको फाईनलमा लोकदोहोरी प्रतिष्ठान सिन्धुपाल्चोक लाई हराउँदै दाङ्गले जित हाँसिल गर्दै ५१ हजार १ सय ११ रकम हात पारेको छ । द्धितिय भएको सिन्धुपाल्चकले ३१ हजार १ सय ११ हात पारेको छ । भने तृतिय स्थान लोकदोहोरी प्रतिष्ठान नवलपरासी भएको छ । नवलपरासीले १५ हजार १ सय ११ प्राप्त गरेको छ । दैलेखले सान्तवनामा चित्त बुझाउँदै ११ हजार १ सय ११ हात पारेको छ । तृतिय स्थानका लागी नवलपरासी र दैलेख बिच प्रतिस्पर्धा भएको थियो जसमा नवलपरसी बिजयी भएको हो । यसैबिच दोहोरी प्रतियोगितामा उत्कृष्ठ गायक तथा गायीका पनि छनोट गरिएको दोहोरी प्रतियोगिताका निर्णायक टिकाराम चपाईँले बताए । दोहोरीमा राम्रो क्षमता प्रर्दशन गरेका मध्य गायक तर्फ निशान्त विश्वकर्मा र सुर्खेतकी कृष्णा कुमारी राणा घोषित भएको उनको भनाई छ । उत्कृष्ट गायक गायीकाले समान ५ हजार १ सय ११ रकम पाएका छन । दोहोरीमा जम्मा १६ टिमले सहभागिता जनाएका थिए ।

Image may contain: one or more people, people standing, crowd and outdoor