Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

क्रिक्रेटमा सुर्खेत जित हात पार्न सफल

फागुन १४ सुर्खेत |

आठौं राष्ट्रिय खेलकुद छनोट अन्तरगत कर्णली प्रदेश क्रिक्रेटमा सुर्खेत जित हात पार्न सफल भएको छ। आज भएको फाईनलमा रुकुम पश्चिमलाई २६ रनले हराउदै सुर्खेत बिजेता बन्न सफल भएको हो।

लिग चरणका खेलमा सल्यान र दैलेखलाई पराजित गरेको सुर्खेत फाईनलमा रुकुमलाई पाखा लगाउदै बिजेता बनेको हो। टस जितेर पहिले ब्याटिङ गरेको घरेलुटोली सुर्खेत २० ओभरमा ६ विकेटको गुमाएर १४३ रन बनाएको थियो।
सुर्खेतलाई जिताउन प्रकाश जैशिले ३७ रनको बनाउनु भयो भने निश्चल रावलले ३० रन बनाउनु भयो।

जबाफमा रुकुमले १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर मात्र ११६ रन बनाउन सक्यो। रुकुमका हेमन्त वली २५ बिजय विष्टले १८ रन जोड्रनुभयो भने अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन समेत जोडन सकेनन।

यस्तै आजै भएको भएको अर्को खेलमा दैलेखलाई पराजित गर्दै सल्यान तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
कालुन्चोक मैदानमा भएको खेलमा सल्यानले दैलेखलाई १२८ रनको फराकिलो अन्तरले हराएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सल्यानले १५ ओवरमा ५ विकेट १६८ रन बनाउन सफल भएको थियो।
जसमा सल्यानका दिनेश अधिकारीले ८० रन बनाउनु भयो भने आशिस सिहँले २० रन बनाउदै जित हात पार्न सफल हुनुभयो।

१६९ रनको बिशाल लक्ष्य लिएर मैदान उत्रिएको दैलेखले ९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर मात्र ४० रन बनाउन सक्यो। दैलेखका अनिल केसी ५ र गोपाल बुढाले ४ रन बनाउनुभयो भने अन्य व्यास्टम्यानले राम्रो प्रर्दशन गर्न सकेन।

यस्तै आजै भएको फुटबल तर्फ कालीकोट र हुम्ला जित हात पारेका छन। कालीकोट र रुकुम बिचको खेल निधारित समयमा पनि गोल हुन खेल ट्राइब्रेकरमा धकेलिएको थियो।
ट्राइब्रेकरमा कालिकोटले रुकमपश्चिमलाइ ७ (६ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा आफ्नो स्थान पक्का गरेको छ।
यस्तैगरी अर्कौ खेलमा हुम्लाले दैलेखलार्इ ३ (१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गरेको हो।
भोली विहान क्वाटरफाएनलको अन्तीम एक खेल भएपछि भोलीबाट नै सेमीफाइनल चरणका खेलहरु सुरु हुने जनाइएको छ।

यस्तै एथ्लेटिक्स एक हजार ५०० दौडमा महिलातर्फ जुम्लाका राममाया बुढा प्रथम, सीता न्यौपाने द्वितीय र कालीकोटका ममिता बुढा तृतीय हुनुभएको छ। एथ्लेटिक्स एक हजार ५०० दौडमा पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम, कालीकोटका सन्तोषनाथ योगी द्वितीय र सुर्खेतका सुशील रम्जाली तृतीय हुन सफल हुनुभएको छ।

प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशका प्रचारप्रसार समिति संयोजक अर्जुनजङ्ग शाहीका अनुसार एथ्लेटिक्स १०० मिटर दौडमा महिलातर्फ सु्र्खेतका सेरना सिरपाली प्रथम, कालीकोटका रसुदा शाही द्वितीय र सल्यानका खिमा आचार्य तृतीय बन्नुभएको छ।

यस्तै एथ्लेटिक्स एकसय मिटर दौडमा पुरुषतर्फ जाजरकोटका यामसाजन सुनार प्रथम, सल्यानका सुशील केसी द्वितीय र सुर्खेतका पवनकुमार बिसी तृतीय बन्नु भएको छ।

त्यसैगरी, सटफुटमा पुरुषतर्फ सुर्खेतका तिलक विक प्रथम, सुर्खेतकै पदम परियार द्वितीय र रुकुम पश्चिमका हर्क विश्वकर्मा तृतीय बन्नु भएको छ। यस्तै सटफुट महिलातर्फ कालीकोटका निरुताकुमारी शाही प्रथम,सुर्खेतका प्रतिमा थापा द्वितीय र कालीकोटका रसुदा शाही तृतीय बन्नु भएको छ।

लङजम्प पुरुषतर्फ सल्यानका सुशील केसी प्रथम, जाजरकोटका यामसाजन सुनार द्वितीय र रुकुम पश्चिमका हेमन्त विक तृतीय स्थान हासिल गर्नुभएको छ। लङजम्प महिलातर्फ सुर्खेतका आशा विक प्रथम, हुम्लाका जयलक्ष्मी हमाल द्वितीय र सल्यानका सुशीला राना तृतीय बन्नु भएको छ।

२६४ स्वर्ण, २६४ रजत र ४०२ काँस्य पदका लागि १० जिल्लाका एक हजार २४१ खेलाडीले २१ खेलमा प्रतिस्पर्धा गरि रहेका छन।