पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना
फागुन १५ काठमाडौं ।
पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ ।प्रत्यक्षदर्शी स्वास्थयकर्मी उमानाथ पौडेलका अनुसार हेलिकोप्टर दुर्घटना भएको स्थाना अहिले पनि धुँवा उडिरहेको छ । हेलिकप्टरमा सवार ६ जनाकै ज्यान गएको हुन सक्ने । दुर्घटना क्षेत्रमा हिउँ परिरहेको छ । घटनास्थलमा केही प्रहरी र स्थानीयहरु पुगेको बताइएको छ ।

जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् ।
उनका अनुसार एक बजेतिर विद्यार्थीहरुले सर हेलिकोप्टर आगो लाग्यो भनेर खबर गरेका थिए । उनले अनलाइनखबरसँग भने, ‘हेर्दा आगो लागेको देखियो । भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो छ । अहिले पनि धुँवा आइरहेको छ ।’






