Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

पर्यटन मन्त्री अधिकारीको घरमा रुवाबासी

फागुन १५ पोखरा ।

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीको घर पोखराको मालेपाटनमा रुवाबासी भएको छ । उनको घर पोखरामा उनका बाबुआमा र भाइ रहेका छन् । उनका छोराछोरी र श्रीमती भने काठमाडौंमा रहेको बताइएको छ ।

Image may contain: one or more people

२०३७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहनु भएका रविन्द्र अधिकारी २०४६ सालदेखि सक्रिय राजनीतिमा रहनु भएको थियो । यहाँले ८ महिना राजनीतिक मुद्दामा जेल जीवन बिताउनु भएको थियो ।

उनको घर पोखराको मालेपाटनमा अहिले आफन्तहरु लगायत शुभचिन्तक तथा पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । घटनाको खबर परिवारले कतिबेला थाह पाए भन्ने कुनै जानकारी छैन ।

यो दुखद खबर प्राप्त हुना साथ काठमाडौंमा मन्त्री परिषदको आकस्मिक बैठक बसिरहेको छ । मौसमका कारण शव काठमाडौ ल्याउन समस्या भएको बताइएको छ । यद्यपी अहिले नेपाली सेनाको हेलिकोप्टर भने त्यहाँ पुगिसकेको छ ।

शव सबै जलिसकेका छन् । शवको पहिचान हुन सकेको छैन । हेलिकोप्टरमा लागेको आगो नियन्त्रणमा आएको भएपनि हेलिकोप्टरको पुच्छरको थोरै भाग बाहेक अरु सबै जलेर नष्ट भएको बताइएको छ ।