Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

साधना मसरुम सिडको दोस्रो सार्वजनिक सुनुवाई

फागुन २१ सुर्खेत ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नंं. १० मा रहेको साधना मसरुम सिड एण्ड रिसर्च सेन्टरले दोस्रो सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । करिब १४ लाखको लगानीमा उनीहरु च्याउको विउ उत्पादन गर्न लागिएको साधना मसरुम सिड एण्ड रिसर्च सेन्टर सुर्खेतले दोस्रो सावर्वजनिक सुनुवाई मंगलबार गरेको हो ।

सार्वजनिक सुनुवाई बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष नन्दलाल शर्माले पछिल्लो समयमा युवाहरु कृषि क्षेत्रमा आकर्षित भएको खुसी व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, दक्ष जनशक्ति कृषिमा लाग्न थालेकोेले कृषि क्षेत्रले फाड्को मार्न सक्ने विश्वास हुन थालेको छ । कृषि क्षेत्रको विकास र विस्तारका लागि प्राविधिक रुपमै युवा शक्ति यस क्षेत्रमा लाग्न सके मात्र व्यावसायिक रुपमा फड्को मार्न सकिने उहाँको भनाई थियो ।

अध्यक्ष शर्माले भन्नुभयो, ‘किसानहरुलाई फाइदा पुग्ने गरी बिउ उत्पादन गर्नुहोस त्यसका लागि हामीले गर्ने सहयोग गर्न हामी तयार छौं ।’ ‘तपाईहरुले उत्पादन गरेको बिउले राम्रो उत्पादन भएमा कृषकहरु तपाईहरुले नै उत्पादन गरेको बिउको माग राख्ने गर्दछन् । त्यसैले कृषकहरुलाई कुनै पनि हालतमा नोक्सानी नपुग्ने तरिकाले बिउको उत्पादन गर्दा चनाखो हुनुहोला’ अध्यक्ष शर्माले बताउनु भयो ।

विउ उत्पादन सम्बन्धि जानकारी दिने उद्देश्य तथा प्रथम सार्वजनिक सुनुवाई कार्यक्रममा साधना मसरुम सिड एण्ड रिसर्च सेन्टरका दिपक कुमार खत्रीले २२ लाख ४५ हजार २ सय ६० रुपैयाँमा आयोजना संचालन भइरहेको जानकारी दिनु भयो ।
उक्त साधना मसरुम सिड एण्ड रिसर्च सेन्टरले अहिले उक्त मसरुम सेन्टरले कन्ये, गोब्रे, सिताके, मिल्कि लगायतका च्याउको विउ उत्पादन गरिरहेको छ ।