Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

राउटेले बुझे बैंकबाट तलब

फागुन ३० सुर्खेत ।
राउटले बैंकबाट पैसा बुझेका छन् । अरुसँग बोल्न समेत नमान्ने राउटे समुदायले बैंकमा पुगेर पैसा बुझेका हुन । पैसा छुँदा पाप लाग्छ भन्ने उक्त समुदाय बैंकबाट पैसा बुझ्न थालेका उनिहरु पनि परिवर्तन आउन थालेको छ ।

मेगा बैंक सुर्खेत शाखाबाट बुधबार चेकमार्फत फागुन महिनाको तलव बापत जनही एक हजार पाँच सय रुपैयाँ राउटेका मुखिया सुर्यनारायण शाही, डिलबहादुर शाही, बिरबहादुर शाही र प्रकाश शाही तथा मैनबहादुर शाहीले चेक साटेर पैसा लिएका हुन् ।

सुर्खेतको लेकवेशी नगरपालिकाको चिप्लेमा बस्दै आएका राउटे समुदायका मुखियाहरुले पहिलो पटक बैंकबाट तलव बुझे । पहिलो पटक बैंकिङ कारोबार गरेका राउटेहरु खुसी भएका छन् । ‘पहिलो पटक चेक समाएको हुँ’ मुखिया सुर्यनारायणले भने,‘पहिले मुखिया हुँदा तलव पाइँदैन थियो । अब दिन राम्रा आए । जनता पनि खुसी छन् ।’

राउटेहरु बैंकमा पुगेर पैसा निकाल्न थाले पछि राउटेहरु परिवर्तन हुन थालेको स्थानीय बुझ्न थालेका छन् । राउटेहरु केही महिना पहिले मात्रै दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेत बसाई सरेका थिए । चिसो मौसममा तराई बस्ती सर्ने राउटेहरु गर्मी शुरु भएसँगै पहाडतिर बस्ती बस्ने गर्छन् ।

हालसम्म जंगलमा बस्दै आएका राउेटहरु कम्तीमा तीन महिनासम्म स्थान परिवर्तन गरि बस्ती सर्ने गर्छन् । काठबाट बनेका सामाग्रीहरु सँग अन्नवालि साटेर जिविकोपार्जन गर्दै आएका उनीहरु पछिल्लो समयमा आधुनिकीकरण तर्फ आर्वर्षित हुन थालेका छन् ।