Loading... आजः ४ जेष्ठ २०८३, सोमबार । Monday 18th May 2026
ताजा खबर
  

शिक्षालाई सही ठाँउमा लगानी गर्न आग्रह

१० बैशाख, सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका ९ नं. वडाले संचालन गरेको ३ महिने नासु स्तरिय निशुल्क लोक सेवा आयोगको तयारी कक्षाको आज समापन भएको छ ।

समापन कार्यक्रममा वडा अध्यक्ष सुरेश मानन्धरले वडामा रहेका यूवाहरुलाई प्रगती पथमा लम्कन सजिलो होस भन्ने हेतुले लक्षित वर्गका कार्यक्रम अनुसार यूवाहरुकालागि कार्यक्रमको आयोजना गरेको बताउनुभयो । ‘गतवर्ष सञ्चालित यही कार्यक्रमबाट ४ जनाले लोकसेवा आयोगमा नाम निकाल्न सफल हुन भएको थियो अब यो वर्ष अझै बृद्धी होस हामी यूवाहरुलाई प्रगती पथमा लम्कन हरसम्भव प्रयास गर्छौ । त्यसैले शिक्षालाई सही ठाँउमा लगानी गर्न आग्रह गर्दछु ।’ उहाँले भन्नुभयो ।

त्यस्तै सुर्खेत कम्प्यूटर इन्ष्टिच्यूट एव कोचिङ्ग सेन्टरका सञ्चालक खगिसरा शालेले वडा संगको सहकार्यमा यूवा लक्षितवर्ग कार्यक्रमको संचालन गर्न पाएको खुशी व्यक्त गर्नुभयो ।

तयारी कक्षाका सहभागी रमा विसीले वडाले यूवाहरुलाई यस्तो कार्यक्रममा सहभागी गराउनु नै महत्वपूर्ण काम भएको भन्दै वडा अध्यक्षको कामको प्रशंसा व्यक्त गर्नुभयो ।

वडामा रहेका टोल विकास संस्थाहरुको प्रतिनिधी सहभागी कार्यक्रमको सञ्चालन भवी गिरीले गर्नुभएको थियो ।