Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

कर्णालीलाई लुम्बिनी भ्रमणको निम्तो

बसन्त भण्डारी, सुर्खेत । प्रदेश नम्बर ५ ले कर्णाली प्रदेशलाई लुम्बिनी भ्रमणको निम्तो दिएको छ । कर्णाली प्रदेश सरकारले ‘रारा कर्णाली पर्यटन बर्ष २०७५’ मनाईसकेको अवस्थामा प्रदेश नम्बर ५ले पनि २०७६ लाई ‘लुम्बिनी भ्रमण वर्ष २०७६’को रुपमा मनाउन लागेको हो । सोहि अवसरमा सोमबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकार, पर्यटन व्यवसायी तथा पत्रकारहरु संग छलफल कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा मार्फत सम्पूर्ण कर्णाली बासीलाई लुम्बिनी भ्रमणको निम्तो दिइएको हो । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ शान्तिको सन्देश फैलाऔँ’ भन्ने मुल नाराका साथ सुरु हुने भ्रमण बर्षको शुभारम्भ यहि जेष्ट ४ गतेबाट सुरु हुने जानकारी दिइएको छ ।

नेपाल सरकारबाट सन् २०२० लाई भिजिट नेपाल बर्षका रुपमा मनाउन लागिएको कार्यक्रमलाई आधार प्रशस्त गर्ने, पर्यटन प्रवद्र्धन मार्फत समृद्धि हासिल गर्न टेवा पु¥याउने, धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका स्थानहरुको पहिचान, संरक्षण सम्वद्र्धन तथा व्यवस्थापनमा टेवा पु¥याउने, लुम्बिनी आउने पर्यटकहरुको बसाई अवधि लम्ब्याउने, लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश नम्बर ५ का महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको प्रचार प्रचार गर्न लगायतका उद्देश्य प्रदेश ५ सरकारले ‘लुम्बिनी भ्रमण बर्ष २०७६’को रुपमा मनाउन लागेको जानकारी दिइएको छ ।

छलफल कार्यक्रममा प्रदेश नम्बर ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीद्वारा लिखित प्रेस विज्ञप्ति पढ्दै मन्त्रालयका अधिकृत केशवबहादुर सुनारले सरकारले जीवनमा एक पटक बुद्धको पावन जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका दुनियाँभरिका डेढ अर्ब बुद्धमार्गीहरुलाई लुम्बिनी र नेपालको भ्रमणमा अकर्षित गर्न सकिने विस्वास लिएको बताए । लुम्बिनीलाई ग्रेटर लुम्बिनीको रुपमा विकास गर्दा कपिलवस्तु र नवलपरासी समेतलाई बौद्धमार्गीहरुको आकर्षक गन्तब्यस्थल बनाउन सकिने बताए । लुम्बिनी भ्रमणको बर्ष प्रदेशकै गौरवको कार्यक्रम भएकाले प्रदेशले लिएको ‘समृद्ध प्रदेश खुसी जनता’को लक्ष्यप्राप्तिको दिशामा कोशेढुङ्गाको रुपमा स्थापित हुन सक्ने सरकारको अपेक्षा रहेको बताए ।

लुम्बिनी भ्रमण बर्ष २०७६ प्रचार प्रचार समिति तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ५ बुटवलले आयोजना गरेको छलफल कार्यक्रममा सहभागिहरुले लुम्बिनी आउने पर्यटकहरुलाई कर्णालीमा पनि आउने वातावरण मिलाउनुपर्ने बताए । लुम्बिनी र कांक्रेविहार बुद्ध धर्मालम्बीहरुको प्रख्यात क्षेत्र भएकाले यिनीहरुलाई एक अर्का संग जोडेर लैजानुपर्ने बताए । यस्तै ५ नम्बर प्रदेश सरकारले गरे जस्तै कर्णाली प्रदेश सरकारले पनि विभिन्न प्रदेशमा कार्यक्रमहरु मार्फत कर्णालीको पर्यटनमा विकास गर्नुपर्ने बताए ।

भ्रमण बर्षका कार्यक्रमका विशेषताहरुको बारेमा जानकारी दिदै लम्बिनी भ्रमण बर्ष २०७६ का प्रचार प्रचार समितिका संयोजक प्रदिप आचार्यले मायादेबी प्रसुती उत्सव, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायादेवि मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फुल मून डे (पूर्णिमा) उत्सव, धार्मिक यात्रा, योग तथा ध्यान, स्थानिय उत्पानहरु लगायतका विभिन्न कार्यक्रमहरु रहेको जानकारी दिए । लम्बिनीको गुरुयोजनाको ८५ प्रतिशत काम सम्पन्न भैसकेको छ उनले भने, ‘अबको केहि महिनामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निमार्णको काम सकिन्छ । त्यसपछि लुम्बिनी आउने पर्यटकको संख्या बढ्ने आशा लिएको छौँ । यस बर्ष आन्तरिक र बाह्य पर्यटकहरु गरेर २५ लाख भन्दा बढि पर्यटकहरु लुम्बिनीमा उतार्ने लक्ष्य लिएका छौँ ।

यस्तै कार्यक्रममा कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिह बुढाले कर्णालीमा पनि कांक्रेविहार तथा अन्य बुद्धधर्म सम्बन्धी विभिन्न स्थानहरु रहेकाले पर्यटकहरुलाई यतातिर पनि आर्कषर्ण गनुपर्ने बताए । लुम्बिनी आउने पर्यटकहरुबाट कर्णाली पनि फाइदा लिन सक्नुपर्ने बताए । कर्णाली प्रदेश सरकार गरेर रारा पर्यटक बर्ष २०७५ मा लक्ष्य अनुसार काममा केहि कमि भएपनि प्रदेश सरकारले राम्रो उपलब्धिको रुपमा लिएको बताए ।
यसै भ्रमण बर्ष मार्फत त्यहाँका तानसेन, रानीमहल, रेसुङ्गा, सुपादेउराली, धारापानी धाम, बार्दिया राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, सिस्ने, ढोरपाटन जस्ता विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रहरुमा पर्यटन प्रवद्र्धको विकास गर्ने प्रदेश ५ सरकारले लक्ष्य लिएको छ ।