Loading... आजः १७ असार २०८३, बुधबार । Wednesday 1st July 2026
ताजा खबर
  

भाषणमात्र ठूला श्रमिकको समस्या जहाँको तेही

बसन्त भण्डारी, सुर्खेत । मे १ तारिख अर्थात १ सय ३०औँ अन्तराष्ट्रिय श्रमिक दिवस बुधबार सुर्खेत लगायत देशभरी विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । सरकारले यो दिवसको अवसरमा देशैभरी सार्वजनिक बिदा समेत दिएको छ । सन् १८ सय ८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । यस्तै सन् १८ सय ८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता सन १८ सय ९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । यस्तै नेपालमा पनि विराटनगरमा विसं २००७ को मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । त्यसै अवसरमा बुधबार वीरेन्द्रनगरमा नेपाली कांग्रेस निकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेस र सामाजिक विकास मन्त्रालय, श्रम तथा रोजगार कार्यालय सुर्खेत र संयुक्त यूनियन समन्वयव समिति कर्णाली प्रदेशले फरक फरक ¥याली सहित फरक फरक कार्यक्रम गरी श्रमिक दिवस मनाएका छन् । नेपाली कांग्रेस निकटका मजदुरहरूको कार्यक्रम पार्टी कार्यालयमा सभा गरेर सम्पन्न भयो भने नेकपा तथा सत्ता पक्षीय मजदुर युनियनको कार्यक्रम खुला मञ्चमा सम्पन्न भयो ।

‘दिगो विकासका लागि मर्यादित रोजगारी, सुदृढ लोकतन्त्र र समृद्धि हाम्रो जिम्मेवार’ भन्ने नारा नेपाल टे«ड यूनियन काँग्रेसको थियो भने ‘सबै श्रमिक र रोजगारदातालाई आवाहान समाजिक सुरक्षमा सधृढीकरण हाम्रो अभियान’ भन्ने नारा सामाजिक विकास मन्त्रालयको आयोजनामा गरिएको थियो । दुवै कार्यक्रममा श्रमिकहरुको बारेमा सबैले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांक्ष वक्ताले श्रमिकको श्रमको सम्मान गर्नुपर्ने, श्रमिकहरुका हक अधिकार कागजमा मात्रै सिमीत रहेकाकुराहरु, श्रमिकको उचित मल्यांकन हुन नसकेका लगायतका कुराहरु राखेका थिए । श्रमिकको अबस्था दिन प्रतिदिन कमजोर हुदै गएको, उनिहरुले प्रति कसैको ध्यान पुग्न नसकेको लागायतका कुराहरु पनि कार्यक्रममा उठेका थिए ।

श्रमिकको समस्या जहाँको तेहि
प्रत्येक बर्ष श्रमिक दिवसको दिन तथा अन्य विशेष समयमा श्रमिकहरुको बारेमा नानाथरी भाषणहरु गरिएपनि त्यसले श्रमिकलाई केहि फरक नपारेको उनिहरुको बुझाई छ । सबै श्रमिकहरु मिलेर सामुहिक सम्वादको धालनी गरिनुपर्ने, प्रभावकारी श्रम निरिक्षण प्रणालीको लागि राष्ट्रिय श्रम आयोग गठन गरिनुपर्ने लगायतका थुर्पैै कुराहरु श्रमिकहरुले उठाउदै आएका छन् । ‘श्रमिकहरुलाई भाषण सुनाएर केही नहुने भएकाले अब काम गरेर देखाउने पर्ने श्रमिक गणेश विकको भनाई छ । श्रमिक दिबसको दिन हुने खानेहरुमात्र कार्यक्रममा समावेश भएका छन, उनले भनेप, ‘तिनीहरुले नै चर्का चर्का नारा लागएका छन् गरिब जनता आज पनि श्रम गरिरहेको छ उनलाई केहि पनि थाहा छैन । आज के दिवस हो भोली के दिवस हो । भाषण सुनेर पेट भरिदैन बिहान बेलुका हातमुख जोड्न काम गर्नै पर्छ नत्र खान पुग्दैन ।’ बर्ष बर्षमा श्रमिकहरुको बारेमा ठूला ठूला भाषण गरिएपनि श्रमिकको अवस्था जहाँको तेहि रहेको श्रमिक जनक विकले बताए । उनले भने, ‘आफ्नै देशमा काम गर्नको लागि धेरै कोसिस गरे बसे केहि समय तर समय अनुसारको काम पनि भएन ज्याला पनि भएन त्यसलै विगत ५ बर्ष देखि भारतको मुम्वईमा बसेर आए । अहिले फेरी नेपालमा नै काम गर्नु पर्छ भनेर लागिरहेको छु । यहाँ भने अनुसारको काम पाउन सकेको छैन । सरकारले केहि काम गरिहाले पनि त्यो विभिन्न प्रकृया हुँदै हामीहरुमाझ आउने २, ४ बर्ष लाग्छ । आइहाले पनि त्यसको अवसेश मात्र हाम्रो हात लाग्छ ।’
श्रमिकहरुको बारेमा सरकारले निश्चत समयमा यो काम गरेर सक्ने, ठोष पलान सहित अघि बढ्नुपर्ने र त्यो काम गर्न आनाकान गर्नेलाई कडा भन्दा कडा कारवाही गरिनुपर्ने श्रमिक भरम भण्डारीले बताए । श्रमिको अवस्था जहाँको तेहि भएकाले अब सरकारले गम्भिर रुपमा सोच्नुपर्ने उनले बताए ।

प्रदेश सरकारको काम
प्रदेश सरकारले ‘श्रम तथा रोजगार प्रवद्र्धन नीति २०७५’ मार्फत वैदेशिक रोजगारलाई घटाउने यूवाहरुलाई स्वदेशमा नै आक्रषण गर्ने, यूवाहरुलाई स्थानिय तहमा नै रोजगारको व्यवस्था मिलाउने, श्रमलाई सम्मान गर्ने परीपाटीको विकास गर्ने उद्देश्यले महिनामा २ पटक सबै तहका प्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रमा श्रम गर्ने, स्थानिय तहरुमा कस्तो रोजगारको सम्भावना छ त्यसमा कस्ता यूवाहरुलाई रोजगार दिन सकिन्छ भन्ने हिसाबले श्रमिक बैङ्क स्थापना गर्ने लगायतका कामहरु प्रदेश सरकारले अघि बढाएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै श्रमिक महाविद्यालय स्थापना गरेर प्रदेशमा आवश्यक पर्ने शिप उत्पादन गर्ने, कर्णाली रोजगार योगना लागु गर्ने लगायतका कामहरु प्रदेश सरकाले अघि बढाएको समाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विकेले जानकारी दिए । साथै प्रदेश सरकारले बनाउने कानुनले श्रमिक मजदुरको हकहितलाई पनि सुनिश्चित गरेकाले यसलाई कार्यन्वयनमा लैजान तर्फ सबै लाग्नुपर्ने उनको भनाई थियो । यस्तै प्रदेश भित्रका सबै क्षेत्र र निकायहरुसंग समन्वय कायम गरी मर्याीदन सुरक्षित र उत्पादिनशिल श्रम सम्वन्ध तथा रोजगार प्रवद्र्धनका लागि जिम्मेवार बनाई श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्ने लक्ष्य प्रदेश सरकारले लिएको उनले जानकारी दिए ।