सरसफाई सम्बन्धी तालिम समापन
वैशाख २२ सुर्खेत ।
इन्फो संस्थाद्वारा आयोजित खानेपानी तथा सरसफाइ सम्बन्धि चार दिने तालिम आइतबारदेखि सम्पन्न भएको छ । भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका सहभागीहरुलाई तालिममा सरसफाई तथा खानेपानी सम्बन्धी सचेतना मूलक प्रशिक्षण प्रदान गरिएको थियो ।

गर्मी समयको शुरु भएसँगै र बर्षाको समयमा पानीका कारण विभिन्न रोगहरुको प्रकोप फैलिन सक्ने भएकोले पिउने पानीको स्वच्छता तथा व्यक्तिगत, पारिवारिक र सामाजिक रुपमा कसरी सरसफाइ रहने भन्ने बारेमा ज्ञान प्राप्त भएको सहभागीहरुले बताएका छन् ।
तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै प्रशिक्षकद्वय सुभाष केसी र खगेन्द्र सिजापतिले तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्दै समाजमा समेत सिकाउने कुरामा विश्वास रहेको बताउनु भयो ।






