Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

पत्रकार महासंघ कर्णाली प्रदेशको ध्यानाकर्षण (विज्ञप्तिसहित)

सुर्खेत
मिति २०७६ जेठ १५ गते आफुलाई भ्रष्टाचारविरोधी अभियन्ता भनी प्रचार गर्ने ज्ञानबहादुर भनिने ज्ञानेन्द्रबहादुर शाही सुर्खेतबाट पक्राउ परेको र उक्त प्रकरणमा कर्णालीको पत्रकारिता क्षेत्र प्रत्यक्ष रुपमा जोडिएकोले पत्रकार महासंघ कर्णाली प्रदेशले गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिको पूर्ण पाठ

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति
प्रेस विज्ञप्ति

मिति २०७६ जेठ १५ गते आफुलाई भ्रष्टाचारविरोधी अभियन्ता भनी प्रचार गर्ने ज्ञानबहादुर भनिने ज्ञानेन्द्रबहादुर शाही सुर्खेतबाट पक्राउ परेको र उक्त प्रकरणमा कर्णालीको पत्रकारिता क्षेत्र प्रत्यक्ष रुपमा जोडिएकोले हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । यो प्रकरणबारे हाम्रो धारणा तपसिल बमोजिम रहेको स्पष्ट पार्न चाहन्छौं ।

१) २०७५ वैशाख १८ गते निज ज्ञानेन्द्रबहादुर शाहीले सुर्खेतमा पत्रकार सम्मेलन आयोजना गरे पनि उक्त पत्रकार सम्मेलनमा कुनै पनि पत्रकारलाई निमन्त्रणा नगरिएको । तर, सा“झ उल्टै एउटा अनलाइन मिडियामा भिडियो अन्तर्वार्ता दिई पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई तथानाम गालीगलौज गरेका । ‘यहा“का पत्रकार कुकुर, दलाल हुन्, भ्रष्टाचारीका मतियार हुन्’ भन्नेजस्ता अपाच्य शव्द प्रयोग गरी पत्रकार र पत्रकारिता क्षेत्रलाई नै बदनाम गरेका । यसबाट पत्रकारको मानमर्दन र आत्मसम्मानमाथि गंभीर चोट पुग्नुका साथै पत्रकारिताबारे समाजमा घृणा तथा गलत भ्रम सिर्जना भएको ।

२) सोही सा“झ नेपाल पत्रकार महासंघका सुर्खेतमा उपलव्ध जिल्ला, प्रदेश र केन्द्रका प्रतिनिधिको बैठकबाट प्रचलित कानुन बमोजिम निज ज्ञानेन्द्रबहादुर शाहीमाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिने निर्णय भएको । महासंघका सुर्खेत जिल्ला शाखा अध्यक्ष र कर्णाली प्रदेश समिति अध्यक्षले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कारबाहीको माग गर्दै उजुरी दिइएको ।

३) तत्तपश्चात सुर्खेत प्रहरीले मिति २०७६ जेठ १५ गते जिल्ला प्रहरी कार्यालयकै अगाडि आयोजित एउटा कार्यक्रमबाट निजलाई पक्राउ गरेको ।

४) पक्राउको क्रममा निज ज्ञानेन्द्रबहादुर शाही र उनका समर्थकले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरी निरीक्षकसहित ५ जना प्रहरी घाइते भएका प्रहरीको भनाइ । दोहोरो झडपमा स्वयं शाही पनि घाइते भएको सार्वजनिक । पत्रकार महासंघ घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
५) पत्रकार महासंघ निज शाहीले चलाएको भ्रष्टाचारविरोधी अभियानको विरोधी नभएको स्पष्ट पार्न चाहन्छ । उनको विचार तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पनि हाम्रो उच्च सम्मान र ऐक्यवद्धता छ । तर, स्वतन्त्रताको नाममा अर्काको अपमान र मानमर्दन गर्ने, गालीगलौज गर्ने, पत्रकारिता पेशाप्रति नै घृणा सिर्जना गर्ने कार्यप्रति हाम्रो गंभीर आपत्ति हो । यो वा त्यो बहानामा पत्रकारमाथि गरिने यस्तो व्यवहार प्रेस स्वतन्त्रताविरोधी गतिविधि हो भन्ने हाम्रो ठहर छ ।

६) शाही पक्राउ परेपछि विद्युतीय कारोबार ऐन र भ्रष्टाचारविरोधी अभियानस“ग जोडेर निजले गरेको गलत कार्य (अपराध)को ढाकछोप गर्ने प्रयास भइरहेकोप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । केही कथित बुद्धिजीवी भनाउ“दा र प्रेस स्वतन्त्रता तथा मानवअधिकारको नाममा डलरको खेती गर्ने व्यक्तिबाट समेत यस्तो अभिव्यक्ति आउ“दा हामीलाई आश्चर्य लागेको छ । घटनाको गहिराइमा नपुगेरै हतारमा यस्तो प्रतिक्रिया दिनुले कर्णालीमा बसेर पत्रकारिता गर्ने हामी पीडित पत्रकारलाई झन् पीडा महसुस भएको छ । पत्रकार महासंघको लागि आप्mना सदस्य (पत्रकार)माथि हुने कुनै पनि किसिमको भौतिक वा वैचारिक प्रहार सह्य हु“दैन । त्यसविरुद्ध कटिबद्ध भएर लड्ने पनि स्पष्ट पार्न चाहन्छौं ।

७) अन्त्यमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र सुर्खेतलगायत जिल्ला शाखा निज ज्ञानेन्द्रबहादुर शाहीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायमा जोडदार माग गर्दछ ।

मिति २०७६।०२।१७
(दीपेन्द्र शर्मा)
महासचिव

Image may contain: text

Image may contain: text