अर्धभूमिगत नेकपा (मसाल)को महामन्त्रीमा पाँचौंं पटक मोहनविक्रम सिंह निर्वाचित
काठमाडौं । अर्धभूमिगत नेपाल कम्युनिष्ट पार्टी (मसाल)को ८ औं महाधिवेशनले मोहन विक्रम सिंहलाई महामन्त्री चयन गरेको छ । विक्रम संवत १९९२ वैशाख ३ गते काठमाडौंमा जन्मिएका सिंहले नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर नेतृत्व गर्दै आएका छन् । विक्रम संवत २००७ सालमा नेपाली काँग्रेसबाट नेपाली राजनीतिमा प्रवेश गरेका सिंहले विक्रम संवत २०१० सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।
विक्रम संवत २०४६ सालदेखि अर्धभूमिगत रहँदै आएका सिंह आठौं महाधिवेशनबाट पाँचौं कार्यकालका लागि महामन्त्री चयन भए । काठमाडौंमा एक हप्तासम्म चलेको महाधिवेशनले २७ पूर्ण, ९ वैकल्पिक र ९ जना सल्लाहकार सहित ४५ सदस्यीय केन्द्रीय समिति गठन गरेको एक नेताले जानकारी दिए । जेठ १६ गतेदेखि २२ गतेसम्म काठमाडौंमा अधिवेशन सम्पन्न भएको हो ।






