वडा स्तरीय कृषक समन्वय समिति गठन
सुर्खेत
वीरेन्द्रनगर नगरपालिका वडा नं. ०४ स्थित कृषि समुह, सहकारी, फर्ममा आवद्ध कृषकहरुको भेलाले वडा स्तरीय कृषक समन्वय समिति गठन गरेको छ ।
राज्यद्वारा कृषकहरुलाई उपलब्ध गराउने सेवा सुविधामा वडाका कृषकहरुको समान पह“ुच पु¥याउन, कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको मुल्य निर्धारण गर्न, कृषकहरुले उत्पादन गर्ने उपजहरु एक ठाउमा संकलन गरी सुलभ दरभाउमा विक्री वितरण गर्न, कृषकको हकहित सुनिश्चित गर्नका लागि कृषक समन्वय समिति गठन गरिएको हो । बिचौलियाहरुको विगविगीका कारण कृषकले उत्पादन गरेका बस्तुहरु कम मुल्यमा बेच्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि वीरेन्द्रनगर ०४ स्थित कालुचोकमा शनिबारबाटै समन्वय समितिमा आवद्ध कृषकहरुले आफुले उत्पादन गरेका तरकारीहरु संकलन गरी सुपथ मुल्यमा विक्री वितरण पनि सुरु गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका, ४ नं. वडा कार्यालयको समन्वय रहेको भेलाले विनोद कंडेलको अध्यक्षतामा उक्त समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रम्भा पन्त गिरी, सचिवमा मेनका आचार्य, सहसचिवमा रामकुमार श्रेष्ठ, कोषाध्यक्षमा यामलाल गौतम, सदस्यमा मेनका गौतम, बसन्त कोइराला, पूर्णनाथ भेदीलाई चयन गरेको छ । त्यस्तै भेलाले वडा कार्यालयका अध्यक्ष वा प्रतिनिधिलाई उक्त समितिको आमन्त्रित सदस्यको रुपमा राख्ने निर्णय समेत गरेको छ । कार्यक्रममा वडा कार्यपालिकाका सदस्य शेर वहादुर केसी, वडा सचिव इन्द्र प्रसाद अधिकारी, सामुदायिक परिचालिका दिपा सोमै, रत्न वि.क लगायत ३५ जना कृषकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा कार्यपालिकाका सदस्य शेर वहादुर केसीले वडाबाट उपलब्ध हुने सेवा सुविधाका लागि वडा कार्यालयले आगामी दिनमा उक्त समन्वय समितिसंग समन्वय, सहकार्य गरेर समितिमा आवद्ध कृषकहरुलाई सहयोग गर्ने र उद्देश्य अनुरुप कार्य सम्पादनका लागि सम्बन्धित निकायसंग पहल, पैरवी गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।






