वीरेन्द्रनगर नगरपालिकाको पाँचौ नगरसभा शुरुः आयतर्फ ४५ करोड ३ लाख १२ को बजेट प्रस्तुत (नीति तथा बजेटको पूर्णपाठसहित)
असार १० सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाको पाँचौ नगरसभा आजदेखि शुरु भएको छ । नगरसभामा आय तर्फ ४५ करोड ३ लाख १२ को बजेट प्रस्तुत गरिएको छ । वीरेन्द्रनगर नगर कार्यपालिकाका उपप्रमुख एवम् कार्यक्रम तर्जुमा समितिका संयोजक मोहनमाया ढकाल (भण्डारी)ले आगामी आ.व. २०७६/०७७ का लागि बजेट तथा नीति र कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नगरसभामा उपप्रमुख एवम् कार्यक्रम तर्जुमा समितिका संयोजक मोहनमाया ढकाल (भण्डारी)ले भन्नुभयो, ‘आय तर्फ प्रक्षेपण गरिएको रकम बमोजिम आगामी आर्थिक वर्षमा चालु खर्च रु ७४ करोड ९३ लाख ३८ हजार ४ सय २० र पूँजिगत तर्फ ४५ करोड ३ लाख १२ को बजेट विनियोजन गरेको छु ।

यसै गरी उहाँले नीति तथा कार्यक्रममा कर्मचारी व्यवस्थापनको चुनौति रहेको, जनताका आवश्यकता पूरा गर्न नसकिएको, वीरेन्द्रनगर नगरपालिकालाई बालमैत्री नगरपालिका बनाइने, एक टोल एक सचेत व्यक्ति कार्यक्रम संचालन गरिने, खानेपानीको सुनिश्चितता गर्ने, छुवाछुत मुक्त नगरपालिका बनाइने, एक घर एक विरुवाको कार्यक्रम संचालन गरिने लगायत बताउनु भयो ।


नगरप्रमुख देवकुमार सुवेदीको अध्यक्षतामा भएको नगरसभामा दुई वटा विधेयक समेत उपप्रमुख मोहन माया ढकाल (भण्डारी)ले टेबुल गर्नुभएको छ । नगरसभाका अध्यक्ष एवम् वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सभा यही असार १५ गते दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित गर्नुभएको छ ।
नीति तथा बजेटको पूर्णपाठ






