Loading... आजः २६ कार्तिक २०८३, बुधबार । Wednesday 11th November 2026

वीरेन्द्रनगर नगरपालिकाको पाँचौ नगरसभा शुरुः आयतर्फ ४५ करोड ३ लाख १२ को बजेट प्रस्तुत (नीति तथा बजेटको पूर्णपाठसहित)

असार १० सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाको पाँचौ नगरसभा आजदेखि शुरु भएको छ । नगरसभामा आय तर्फ ४५ करोड ३ लाख १२ को बजेट प्रस्तुत गरिएको छ । वीरेन्द्रनगर नगर कार्यपालिकाका उपप्रमुख एवम् कार्यक्रम तर्जुमा समितिका संयोजक मोहनमाया ढकाल (भण्डारी)ले आगामी आ.व. २०७६/०७७ का लागि बजेट तथा नीति र कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

पाँचौ नगरसभा संचालन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी बीचमा दायाँ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र बायाँ उपप्रमुख मोहनमाया ढकाल

नगरसभामा उपप्रमुख एवम् कार्यक्रम तर्जुमा समितिका संयोजक मोहनमाया ढकाल (भण्डारी)ले भन्नुभयो, ‘आय तर्फ प्रक्षेपण गरिएको रकम बमोजिम आगामी आर्थिक वर्षमा चालु खर्च रु ७४ करोड ९३ लाख ३८ हजार ४ सय २० र पूँजिगत तर्फ ४५ करोड ३ लाख १२ को बजेट विनियोजन गरेको छु ।

नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न रोष्टममा जाँदै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख तथा बजेट कार्यक्रम तर्जुमा समिति संयोजक मोहनमाया ढकाल (भण्डारी)

यसै गरी उहाँले नीति तथा कार्यक्रममा कर्मचारी व्यवस्थापनको चुनौति रहेको, जनताका आवश्यकता पूरा गर्न नसकिएको, वीरेन्द्रनगर नगरपालिकालाई बालमैत्री नगरपालिका बनाइने, एक टोल एक सचेत व्यक्ति कार्यक्रम संचालन गरिने, खानेपानीको सुनिश्चितता गर्ने, छुवाछुत मुक्त नगरपालिका बनाइने, एक घर एक विरुवाको कार्यक्रम संचालन गरिने लगायत बताउनु भयो ।

वीरेन्द्रनगर नगरपालिकाको पाँचौ नगरसभामा उपस्थित नगर सभा सदस्यहरु
वीरेन्द्रनगर नगरपालिकाको पाँचौ नगरसभामा उपस्थित नगर सभा सदस्यहरु

नगरप्रमुख देवकुमार सुवेदीको अध्यक्षतामा भएको नगरसभामा दुई वटा विधेयक समेत उपप्रमुख मोहन माया ढकाल (भण्डारी)ले टेबुल गर्नुभएको छ । नगरसभाका अध्यक्ष एवम् वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सभा यही असार १५ गते दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित गर्नुभएको छ ।

नीति तथा बजेटको पूर्णपाठ