Loading... आजः १९ बैशाख २०८३, शनिबार । Saturday 2nd May 2026
ताजा खबर
  

जनजागृतीमा पढाइ उत्सव कार्यक्रम

असार ११ सुर्खेत ।
वीरेन्द्रनगर १२ मा रहेको जनजागृती प्राथमिक विद्यालय पदमपुर सुर्खेतले पढाइ उत्सव कार्यक्रम गरेको छ । यूएसआइडीको २ लाख आर्थिक सहयोगमा संचालित २ वर्षे परियोजना अन्र्तगत उक्त विद्यालयले आयोजना गरेको पठाइ उत्सव कार्यक्रमले विद्यालयमा अध्ययनरत छात्रछात्राहरुमा सिकाइ उपलब्धि बृद्धि भएको विद्यालयका प्रधानाध्यापक ज्ञानुकुमारी सुवेदी (गैरे)ले बताउनु भयो । उहाँले विद्यालयले गरेका गतिविधिहरुको प्रस्तुतिकरण समेत गर्नु भएको थियो ।


विद्यार्थीहरुले डिजिटल प्रणाली मार्फत अध्ययन गर्ने र शिक्षकहरुले पनि सोही प्रविधिबाट अध्यापन गराउने भएकोले यस प्रारम्भिक कक्षा पढाइ प्रति विद्यार्थी र अभिभावकहरु दुबैको चासो रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद शर्माले बताउनु भयो ।
विद्यालयको वातावरण सिकाइमैत्री बनाउन र त्यसबाट नानीबाबुहरुको सिकाइसँगै अन्य विकास गराउन अभिभावकको समेत विशेष भूमिका हुने नगर शिक्षा इकाईका प्रमुख ललित विक्रम सिंहको भनाई थियो ।

जम्मा १ सय ५२ जना छात्रछात्रा रहेको उक्त विद्यालयमा डिजिटल प्रविधिको पढाइसँगै विद्यार्थीहरुको आकर्षण समेत बढेको बताइएको छ । साथै विद्यालयले शैक्षिक सामग्रीको प्रदर्शन समेत गरेको छ ।

छिमेकी विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले उक्त शैक्षिक सामग्रीको अवलोकन गरेका थिए । कार्यक्रममा वीरेन्द्रनगर १२ का वडाअध्यक्ष लोकप्रसाद चालिसे, शिवप्रसाद तिवारीलगायतको उपस्थिति रहेको थियो ।