Loading... आजः १८ बैशाख २०८३, शुक्रबार । Friday 1st May 2026
ताजा खबर
  

कर्णाली प्रदेश सभामा आर्थिक मामिला मन्त्रीको जवाफ : बजेट सरकारले निर्माण गरेको हो शंका नगर्नुहोस्

असार १३ सुर्खेत ।
कर्णाली प्रदेश सभामा आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले यही असार १ गते प्रस्तुत गर्नुभएको आगामी आ.व. ०७६/०७७ को बजेट माथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री ज्वालाले भन्नुभयो, ‘प्रदेश सरकारको बजेट प्रदेश सरकारले बनाएको हो यसमा कसैले शंका नगर्नुहोस् ।’ कुनै गैर सरकारी संस्थाले बजेट निर्माण गरेकी भन्ने प्रश्नको कुनै तुक नरहेको मन्त्री ज्वालाले बताउनु भयो ।

बजेट निर्माण कर्णाली योजना आयोगसहित मुख्यमन्त्रीको प्रमुख भूमिका रहेको बताउँदै मन्त्री ज्वालाले भन्नुभयो, ‘बजेट वक्तव्य अर्थमन्त्रीले निर्माण गर्छ । यसमा सभामुखदेखि माननीय सदस्यहरुको समेत भूमिका छ ।’

नीति तथा कार्यक्रमको मर्म अनुसार बजेट आएको बताउँदै चालु आ.व. मा विविध कारणले बजेट खर्च हुन नसकेतापनि आगामी आ.व. सबैको सहयोगबाट बजेट कार्यान्वयनको लक्ष्य प्राप्त गर्न सकिने उहाँको भनाई थियो ।